सुदिप सुवेदी
स्याङ्जा
१५ कार्तिक ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकिए सँगै मतदाताहरु पर्टी चुन्न र प्रवेश गर्न थालेका छन् । एकातिर उम्मेदवार घरदैलोमा व्यस्त छन् भने अर्कोतिर मतदाता पार्टी प्रवेश गर्दै छन् ।
आज चापाकोट नगरपालिका वडा नं १० कालिडाँडा, खोले गाउँमा भएको एक कार्यक्रम बीच उनीहरु एमालेमा प्रवेश गरेको नेकपा एमालेका नेता तंथा प्रदेश सदस्यका उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले बताए ।
नेपाली काँग्रेस वडा नं १० का वडा सचिव रोमाकान्त रेग्मीको नेतृत्वमा २९ जना काँग्रेस कार्यकर्तालाई नेकपा एमालेका सचिव पद्मा कुमारी अर्यालले एक कार्यक्रमका बिच पार्टी प्रवेश गराएकी हुन् ।
नव प्रवेशी रोमकान्त भन्छन् , ‘चापाकोटमा कााँग्रेसले जनतालाइ गर्ने व्यवहार र विकासमा पनि
राजनिति गर्ने प्रवृत्ति हामी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हौँ । ’
७४ को स्थानिय निर्वाचनमा डा. बुद्धिमानलाई जिताउन नसक्दा चापाकोटले बिकास देख्न नपाएको उनीहरुको गुनासो छ । अहिले संघ र प्रदेशमा नेकपा एमालेलाइ बिजयी गराउने उनीहरुको लक्ष्य छ ।