स्याङजाको चापाकोट नगरपालिकाको ४ वटा वडामा कांग्रेसले बुथ कब्जा गरेर ४७ मृत्यु भएका व्यतिm र ७०० भन्दा बढी विदेश र अध्ययनको क्रममा बाहिरी जिल्लामा रहेको व्यतिmहरुको नाँउबाट मतदान गरेको नेपाल कम्युनिष्ट पार्टी एमालेले दावी गरेको छ । आज दिउसो पत्रकार सम्मेलन गर्दे एमालेकी केन्द«ीय सचिब एवं क्षेत्र नं २ की उमेद्धवार पद्धमा कुमारी अर्यालले चापाकोटको ४ वटा वडामा कंग्रेसले मृतक ,विदेश रहेका र अन्य गरि हजारौ फर्जी भोट हालेको दावी गरेकी छन् ।
मतदानको दिन आफु त्यहाँ पुग्दा मतदान स्थल पनि निरिक्षण गर्न नपाएको बताँउदै अर्यालले आफु माथी हातपात गरेको समेत दावी गरिन् । अर्यालको अनुसार आफु त्यहाँ पुग्दा देखिएको दृष्य कुनै हाट बजार जस्तो दृष्य देखिएको थियो । मतदानको दिन आफु माथी हात पात हुन थालेपछि मतदान अधिकृतलाई मतदान रोक्न लगाउदा फिल्मी सैलीमा मतदान गर्न मतदान अधिकृतले सहयोग गरेको अर्यालको भनाई छ । लोकतन्त्रमा जनताले आफ्नो मतअधिकार प्रयोग गर्न नपाएकोमा दुखी रहेको बताउदै हार जितको कुरा भन्दा पनि सुसासनको पक्षमा आफु उभिएको अर्यालको भनाई छ । बुथ क्याप्चरकै कारण एमालेलगायतका अन्य ११ उमेद्धवारहरुले मतगणना सुरु गर्न नमान्दा मतगणना हुन सकिरहेको छैन ।
चुनावको दिन स्याङजाको चापाकोट नगरपालिका १ आँधीचौघेरास्थित भानु मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका प्रतिनिधिबीच विवाद भएपछि प्रहरीले हवाइ फायर समेत गरेको थियो ।