headline 1गण्डकीदेश

अम्पायरको अव्वल भूमिका गर्छु , खेलाडीले राम्रो खेल प्रदर्शन गर्नुपर्यो : सभामुख

सुशील सुवेदी
स्याङ्जा , ९ फागुन

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजैनितिक दललाई खेलाडीको संज्ञा दिंदै दलहरुले राम्रो खेल प्रदर्शन गर्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको कालीगण्डकी गाऊॅंपालिका -७ , मिर्मीको १५ शैयाको कालीगण्डकी अस्पताल शिलन्यास तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता उद्घाटन गर्दै सभामुख घिमिरेले आफु अव्वल अम्पायरको भूमिकामा रहने समेत बताउनुभयो ।

२१ करोड ५७ लाखको लागतमा निर्माण हुन लागेको १५ शैयाको कालीगण्डकी अस्पताल २०८१ कार्तिक मसान्त सम्म आरएनसिएस विकोन जेभीले सम्पन्न गर्नुपर्नेछ । यो अस्पताल सम्पन्न हुंदा स्याङजा सहित छिमेकी जिल्ला पर्वत र गुल्मीका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यस्तै आजै उद्घाटन भएको अघ्यक्ष कपमा ६ विधाका १९ खेल संचालन गरीएको छ । पालिका स्तरीय खेलमा पहिलोपटक
यती धेरै खेलकुदका विधा समेटीएको कालीगण्डकी गाउॅंपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।

उक्त कार्यक्रममा कालीगण्डकी २ लसर्घाले संरक्षण गरेको लोपोन्मुख जिउमामा नृत्य प्रस्तुत गरीएको थियो । उद्घाटनकै अवसरमा पालिका झण्डा डिजाईनकर्ता मदन भट्राई , पालिका निशान छाप डिजाईनकर्ता रितीजा क्षेष्ठलाई जनही ५०हजार सहित सम्मान गरिएको छ ।
नवौं राष्ट्रिय खेलकुदमा कालीगण्डकीबाट प्रतिनिधित्व गरेर विभिन्न पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरिएको थियो ।
गाउॅंपालिकाले खेलकुदमा ठुलो लगानी गरेको कारण धेरै खेलाडीहरू राष्ट्रिय तथा प्रादेशीक खेलकुदमा समावेश भएका छन् भने युवा पुस्तामा खेलकुदको आकर्षण बढेको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.