headline 1आर्थिक

भूपूका विद्यार्थीलाई नेपाल बैंकको वित्तीय साक्षरता

सुशील सुवेदी
स्याङ्जा , १० चैत
नेपाल बैक लिमिटेड वालिङ शाखाले विद्यार्थीलाई १ दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्वब्यापी मुद्रा सप्ताह २०२३ अभियान अन्र्तगत नेपाल बैक लिमिटेड वालिङ शाखाले वालिङ नगरपालिका—८, स्थित श्री भु.पु सैनिक आवशिय उच्च मा.वि मा एक दिने साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

लर्न सेभ एण्ड अर्न को अवधारणामा विद्यार्थीलाई सानै उमेरबाट बचत गर्ने बानीको विकास गर्न यो कार्यक्रम आयोजना गरीएको वालिङ शाखाका शाखा प्रबन्धक सन्दिप काफ्लेले बताए ।
प्लान योर मनी प्लान्ट योर फ्यूचर भन्ने नारा सहित देशभरका वित्तीय संस्थाहरुले मार्च २० देखि २६ सम्म विविध कार्यक्रम गरेर मनाएका छन् । ग्लोबल मनी विक मुलत किशोर , किशोरी तथा युवा युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्धेश्यका साथ विश्वव्यापी रुपमा थालिएको अभियानको यो एघारौ संस्करण हो ।

युवा उमेरका विद्यार्थीहरु बढि खर्चिलो हुने भएकोले वित्तीय माध्यामबाट कारोवार गर्नुका फाईदा , डिजिटल प्रोडक्टहरुको प्रयोग तथा बचत र लगानी का बारेमा अभिमुखीकरण गरीएको बैंकका खंजाञ्जी विष्णु प्रसाद न्यौपानेले बताए । उक्त कार्यक्रममा झण्डै एक सय विद्यार्थी ,शिक्षक तथा विद्यालय संचालक समितिका पदाधिकारीको सहभागीता रहेको थियो ।
कार्यक्रममा बिद्यालयका निर्देशक क्या श्री याम बहादुर गुरुङ्गले बिद्यार्थीलाई यस्ता प्रकारका वित्तीय जागरण कार्यक्रम महत्वपुर्ण रहेको बताए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.