headline 2गण्डकीजीवनशैलीदेशमोफसल

जन्मजात हात र खुट्टा नचल्ने र राम्रो संग बोल्न नसक्ने विवेकले नाकको साहेताले चलाउछन् फेसबुक,भाईबर तथा सेयर किनबेच ।

माधब गैह्रे स्याङजा ,वालिङ पुस २

स्याङजा कालिगण्डकी गाँउपालिका वडा नं ४ का विवेक पाण्डे जन्मजात शारीरिक रुपले फरक क्षमताका व्यतिm हुन । जन्मजात हात र खुट्टा नचल्ने र राम्रो संग बोल्न नसक्ने भएपछि विवेकले औपचारिक शिक्षा बाट पनि बञ्चित हुन पुगे । पाण्डे अहिले २४ बर्षका पुगे तरपनि भौतीक रुपमा कुनै पनि कक्षा लिन पाएका छै्रनन् । विधालय पनि डाढा त्यही माथी शारीरिक रुपमा अशक्त भएपछि घरपरिवार लाई पनि विधालय लान ल्याउन गाह्रो भएपछि एक कक्षा पनि पढ्न पाएनन् । कुनै औपचारिक शिक्षा नलिएका पाण्डेले हाल सम्म दश वटा अंग्रजी र पाँच भन्दा बढी नेपाली उपन्यास पढी सकेका पाण्डेको भनाई छ । कुनै नयाँ अंग्रेजी सब्द भेटेमा पाण्डेले डिक्नेरीको प्रयोग गर्ने गर्दछन् । उनी अहिले राम्रै अंगेजी बोल्न पनि सक्दछन् । पाण्डेको अनुसार उनीलाई नेपाली भन्दा अंग्रेजी उपन्यास पढ्न मजा लाग्छ । विहान उठ्ने, केही समय अध्यात्मीक चिन्तन तिर लाग्ने र केही समय अध्ययनमा लाग्ने पाण्डेका दैनिकी हो । उन्नको हात खुट्टा त चल्दैन तर पनि नाकको साहेताले र खुट्टाको साहेताले पुस्तकको पाना पल्टाउने गर्दछन् । पाण्डेको अनुसार उनले आफ्नो फुर्सदको समय मोबाईलमा दिने र त्यहाँ बाट ज्ञान आर्जन गर्ने गर्दछन् । मोबाईल बाट लिइएको ज्ञान बाट पाण्डेले नाककै साहारर लिएर सेयर कारोबार समेत गर्दे आईरहेका छन् । गाँउका कुनै छिमेकीको अन्लाईन बाट केही भुक्तानी गर्नु परे वा मोबाईलमा केही समस्या भएमा छिमेकीले विवेक संगै सल्लाहा लिने गर्दछन् । कसैको मोबाईल तथा ल्यापटपमा समस्या भए छिमेकीले बनाउन पहिला विवेकलाई नै दिने गर्दछन् । फर्सदको बेला विवेक अन्लाईन गेम पनि नाकको साहेताले नै खेल्ने गर्दछन् । विवेक धेरै जसो बौद्धिक खेलको रुपमा चिनिने चेस अन्लाईननै खेल्ने गर्दछन् । पाण्डेको अनुसार उनको अन्लाईन रेटीङ बाह्र देखी चौध सय सम्म पुगेको छ । ६४ वटा कोठा हुने चेस खेलमा सामान्य स्क्रिन टच मोबाईलबाट नाकले थिचेर खेलेको देख्दा छिमेकी पनि दङग पर्ने गर्दछन् । चेस खेल्न अति रुची राख्ने विवेक कालीगण्डकी गाउँपालिका स्याङ्जाले मंसीर २९ देखी षौष १ गते सम्म आयोजना गरेका पाँचौ अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव २०८० को चेस प्रतियोगिताको उपाधी पनि जित्न सफल भए । पाँचौ संस्करण सम्म आई पुग्दा पालिकाले पहिलो पटक बुद्धिचाल खेलको आयोजना गर्दे गर्दा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ भने विवेक पाण्डे जस्ता अन्य लुकेर बसेका राम्रा खेलाडीहरुलाई प्रतिभा प्रस्पुटन गर्ने मौका पाएको गाउँपािलकाका अध्यक्ष खिमबहादुर थापाको भनाई छ । यस्ता खेल प्रतियोगिताले राम्रा राम्रा खेलाडीहरुको उत्पादन भईरहेको अध्यक्ष थापाको भनाई छ । थापाको अनुसार कालिगण्डकी गाँउपालिकाले पानी माथी स्टीमबरमा राष्ट्रिय स्तरको चेस खेल प्रतियोगिता खेलाउने लक्ष्य रहेको छ । विकास निर्माणको कामलाई अगाडी बढाउदै अन्य क्षेत्रको विकास सँगै खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको गाउँपािलकाका अध्यक्ष खिमबहादुर थापाले बताउनु भयो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.