headline 2गण्डकीदेशमोफसल

नेल्टा गण्डकीको सभापतिमा स्याङ्जाका लम्साल

पौष ८ वालिङ,माधब गैह्रै

अंग्रेजी भाषा शिक्षकहरुको संगठन NELTA (नेल्टा) गण्डकी प्रदेशको सभापतिमा स्याङ्जाका कमलराज लम्साल निर्वाचित भएका छन् । पौस ७ गते शनिबार पोखरामा सम्पन्न दोश्रो प्रदेश अधिबेसन तथा छैटौं वार्षिक साधारण सभाले लम्साललाई आगामी ३ वर्षको लागि सर्वसम्मत सभापतिमा चयन गरेको हो ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पृथ्वीनारायण क्याम्पसका डा. पीताम्बर पौडेल, उपाध्यक्षमा गोरखाका सञ्जय अधिकारी, महासचिवमा कास्कीका मुकेश कुमार अधिकारी, सचिवमा लम्जुङ्का विनोद न्यौपाने, र सदस्यता सचिवमा पर्वतका देव शर्मा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा नवलपुरका तिर्थराज कँडेललाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा स्याङ्जाकी सीता गौडेल गैह्रे, बाग्लुङ्का बालकृष्ण शर्मा, कास्कीका प्रकाश रिजाल, र तनहुँका विजयराज रानाभाट रहेका छन् ।


नेल्टाको विधान अनुसार १९ जनाको प्रदेस कार्यसमितिमा प्रदेस अन्तरगतका जिल्ला अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ ।
नेल्टा गण्डकीका सभापति डा.नवराज न्यौपानेको अध्यक्षता तथा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्यालको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन सम्पन्न भएको हो ।
नेल्टा केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवान तथा सल्लाहकार हेमन्तराज दाहाल कार्यक्रममा विशेष अतिथि तथा कार्यपत्र प्रस्तोताको रुपमा रहेका थिए । कार्यक्रममा English Language Fellow आन्द्रे पेरेजले पनि कार्यपत्र प्रस्तुत गरेका थिए ।
बरीष्ठ उपाध्यक्ष कमलराज लम्सालको स्वागत भाषण संगै सुरु भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मणबाबु आचार्यले गरेका थिए । बन्द शत्रमा महासचिव लक्ष्मणबाबु आचार्यले प्रस्तुत गरेको प्रतिवेदन र मुकेश कुमार अधिकारीले प्रस्तुत गरेको कोषध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. प्रेमनारायण अर्यालले आफुपनि अग्रेजी शिक्षकहुदै नै वर्तमान भुमिकामा आएको, अग्रेजी शिक्षकहरुको मर्का बुझेको, र अग्रेजी शिक्षण र सिकाइको स्तरलाई वृद्धि गर्नु पर्ने भएकोले नेल्टा संग आगामि दिनहरुमा सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नेल्टा केन्द्रिय सभापति मोतिकाला सुब्बा देवान र केन्द्रिय समितिका सल्लाहाकार हेमन्तराज दाहालले नेल्टा गण्डकीले हालसम्म गरेका नमुना कार्यहरुको प्रसंसा गरेका थिए। उनिहरुले नेल्टाका हरेक कार्यक्रमहरुलाई उत्कृष्ठ बनाउन प्रदेश समितिको भुमिका र अग्रेजी शिक्षकहरुको उत्सुकता र उपस्थिति महत्वपुर्ण हुने कुरा बताएका थिए।
कार्यक्रमका अध्यक्ष तथा नेल्टा गण्डकीका सभापति डा. नबराज न्यौपानेले नेल्टाले गरेका हरेक कार्यक्रमहरु उद्धेश्यमुलक र शिक्षक मैत्रि हुने हुदा सधै सगभागि हुन आव्हान गरेका थिए ।
निर्वाचन सम्पन्न पश्चातको पदस्थापन कार्यक्रमको अन्तयमा बोल्दै नवनिर्वाचित सभापती कमलराज लम्सालले आफ्ना भावी कार्यक्रमहरु पेश गरेका थिए । कार्यक्रममा बोल्दै उनले नेल्टा मार्फत भैरहेका तालिम, कार्यशाला, गुणस्तर चिन्ह प्राप्त प्रकाशन, मोबाई मिटिङहरु आदिको स्तरीयतामा सुधार गर्दै अगाडि बढाउने र नयाँ कार्यक्रमहरु न्यूजलेटर प्रकाशन, शिक्षण सामग्री निर्माण र अफिस व्यवस्थापन आदि यथा सम्भव छिटो गर्ने वचन बद्धता ब्यक्त गरेका थिए ।
यसै गरी गण्डकी प्रदेश अन्तर्गतका ९ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थितिमा गठित कार्यसमितिको प्रथम बैठक सभापति कमलराज लम्सालको अध्यक्षतामा पोखरामा सम्पन्न भएको छ। बैठकले निवर्तमान समिति निर्वाचन समिति संयोजक तथा केन्द्रका सल्लाहकार हेमन्तराज दाहाल, सदस्य पुरन कुँवर र निवर्तमान महासचिव लक्ष्मणबाबु आचार्य, केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवान र उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापनको प्रस्ताव पारित गर्यो । त्यसैगरी नेल्टा गण्डकीको जर्नल प्रकाशनार्थ नवनिर्वाचित सचिव विनोद न्यौपाने प्रमुख सम्पादक र तनहुँका बसन्त कडेंल र गोरखाका कृष्ण पराजुली सम्पादक रहेको ३ सदस्यीय Journal of NELTA Gandaki (JoNG) सम्पादक मण्डल पनि गठन गरेको छ । उक्त बैठकले नेल्टा गण्डकी प्रदेशका निवर्तमान सभापती डा. नवराज न्यौपानेलाई सल्लाहाकारमा नियुक्त गरेको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.