वालिङ नगरपालिकाले कृषकलाइ दुधमा १० रुपैया अनुदान दिने ।

माधब गैह्रे,वालिङ फागुन २९

स्याङजाको वालिङ नगरपालिकाले कृषक प्रोत्साहन स्वरुप दुधमा अनुदान रकम दिने भएको छ । आर्थिक बर्ष प्रति २०८०÷८१ को विनियोजित बजेट मार्फत वालिङ नगरपालिकाले दुधमा प्रति लिटर १० रुपयाँ अनुदान दिने भएको हो । अकला नमुना कृषि सहकारी संस्था र वालिङ नगरपालिका विच भएको सम्झौता अनुसार गाई,भैसी प्रवद्धन कार्यक्रम अन्तर्गत वालिङ नगरपालिका र अकला नमुना साना किसान कृषि सहकारी सस्था विच सम्झौता भएको नगरप्रमुख कृष्ण खाँणको भनाई छ ।


खाँडको अनुसार अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पास बुकको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा १० रुपैया प्रोत्साहन रकम उपलब्ध गराउनेछ । सम्झौता अनुसार वालिङ नगरपालिकाले कृषकको उत्पादीत दुध कम्तीमा ३५० दिन खरिद गर्नुपर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ । सम्झौतामा उल्लेख भए अनुसार दुधको मुल्य नेपाल सरकारले तोकेको फ्याट र एसएनएफ को आधारमा मुल्य निर्धारण गर्ने छ भने एक महिनामा दुइ पटक संकलित दुधको विवरण वालिङ नगरपालिकालाइ विवरण उपलब्ध गराउने छ । दुधमा आत्मनिर्भर साथै कृषि कर्ममा युवाहरुलाई लक्ष्यीत गर्ने उदेश्यका साथ सुरु गरिएको यो कार्यक्रममा गाइ पाल्ने कृषकलाइ प्रोत्साहन स्वरुप अधिकतम ५० हजार अनुदान रकम सहयोग दिने योजना रहेको प्रमुख खाँडको भनाई छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.