headline 1कृषिगण्डकीदेश

गल्यङको उपहार: १७५ किसानलाई मौरीको घार

गोविन्द खनाल.स्याङजा
बैसाख २७

स्याङजाको गल्याङ नगरपालिकाले मौरी पालन प्रवर्दन गर्न घार वितरण गरेको छ । पचास प्रतिशत अनुदानमा पहिलो चरणमा १३५ जनालाई मौरी सहितको र ४० जनालाई खाली घार वितरण गरिएको हो । नगरभित्रका ईच्छुक कृषकलाई पहिचान गरेर घार वितरण गरिएको नगर प्रमुख गुरू प्रसाद भट्टराईले जानकारी दिए । थोरै लगानीमा वर्ष भरी आम्दानी हुने कारण मौरी व्यवसायमा युवा किसानको आकर्षण बढेको भट्टराईले बताउँदै उनले भने ,”यो व्यवसायले मानव स्वास्थ्य र आर्थीक समृद्धिमा अहम भूमिका खेल्ने भएकोले गल्याङले यो व्यवसायलाई प्रोत्सहान गरेको हो ।” हाल मुलुकभर मेलिफेरा जातको मौरी (माहुरी) पालन गर्ने १३ हजार ५०० बढी किसान रहेका छन् । पालिकाले इच्छुक किसानलाई तालिम , घार र बजारीकरणमा पनी सहयोग गर्ने भट्टराईले बताए । पछिल्लो समय तरकारी तथा फलफूलमा किटनाशक औषधीको प्रयोग बढेकोले मौरी पालक किसानहरू चपेटामा पर्ने गरेको कृषकको गुनासो छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.