headline 1गण्डकीजीवनशैली

बजार क्षेत्रलाई हरियाली बनाउन वालिङमा वृक्षारोपण

बजार क्षेत्रलाई हरियाली बनाउन वालिङमा वृक्षारोपण
सुशील सुवेदी
असार ३० , स्याङ्जा
स्याङ्जाको बजारी क्षेत्रलाई हरियाली बनाउन वृक्षारोपण गरीएको छ । वालिङ—८,को डुम्रीकोट देखि श्रवण कुमार पार्क सम्म सौन्दर्यवद्र्धक फूलहरु रोपण गरीएको हो । बजारी क्षेत्रमा जनधनत्व वृद्धि भएसँगै रुखहरु कटान हुन थालेपछी यहाँका युवाहरु वृक्षारोपण गर्न अग्रसर भएका हुन् ।
नवप्रभात युवा क्लब , सशस्त्र प्रहरी स्थानीयहरुको सभागितामा अशोका , गुल्महर , विरेन्द« फूल लगाएतका विरुवाहरु रोपीएको हो ।

पछिल्लो समय पृथ्वीको तापक्रम बढ्ने , मर्निङ बाक गर्नेको संख्या बृद्धि हुने र जनघनत्वको कारण रुखहरु मासिने जस्ता समस्या समाधान गर्न वृक्षारोपण गरीएको नवप्रभात युवा क्लबका अध्यक्ष मधुसुदन सुवेदी बताउँछन् ।
डिभिजन वन कार्यालय स्याङ्जाले निशुल्क विरुवाहरु वितरण गरेसँगै स्याङ्जामा सामुहिक विश्रारोपण गर्ने कार्यक्रमले तिव्रता पाएको हो । पछिल्लो समय बन कार्यालयबाट विरुवाहरु ल्याउने र रोपण गर्नेहरुको आकर्षण बढ्दो छ ।
डिभिजन बन कार्यालय स्याङ्जाले निशुल्क विरुवाहरु वितरण गरेसँगै स्याङ्जाका यस वर्ष झण्डै ७५ हजार विरुवाहरु वितरण गरको डिभिजन बन कार्यालय स्याङ्जाले जनाएको छ ।

यस आर्थिक वर्षमा सौन्दर्यबद्र्धक बहुवर्षीय १२ हजार , जडीबुटी ३० हजार , बहुउपयोगी ३० हजार विरुवा वितरण गरीएको छ । यस्तै ८ वटा हरित पार्क र २ वटा बोटानीकल बँगैचा समेत निर्माण गरीएको डिभिजन बन कार्यालय स्याङ्जाले जनाएको छ । विश्रारोपण गर्ने तर त्यसको नियमित हेरचाह नहुँदा अधिकाशं स्थानका बोटविरुवाहरु बेबारीशे बन्ने गरेका छन्। यस्ता कार्यक्रम एकछिनको लागि मात्र नभई दिर्घकालीन हुनुपर्ने जानकारहरु बताउँछन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.