वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले सामाजिक सञ्जालको भ्रममा नपर्न नगरवासीहरुहरुलाई आग्रह गर्नुभएको छ । पत्रकार सम्मेलन मार्फत विहिबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१÷०८२ को आय व्ययका सम्बन्धमा फेसबुक तथा केही अनलाइन खबरमा आएका समाचारको भ्रममा नपर्न नगर प्रमुख खाँणले नागरिकहरुलाई आग्रह गर्नुभएको हो ।
सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१÷०८२ को आय व्ययका सम्बन्धमा नगर उप प्रमुखद्वारा जारी गरिएको प्रेस विज्ञप्तीलाई आधार मानी सामाजिक सञ्जाल फेसबुक तथा केही अनलाइनमा आएको समाचारमा सत्यता नरहेको नगर प्रमुख खाँडको भनाई छ ।
नगर प्रमुखले पहिला नै प्रमाणीकरण गरेको बजेट नल्याएर तथाकथित बजेट सार्वजनिकरण गरिएको बजेट कार्यान्वयन नगरी नगरसभामा म उपप्रमुखद्वारा प्रस्तुत भई नगर प्रमुखद्वारा प्रमाणीकरण भैसकेको बजेट तत्काल कार्यान्वयन गर्न अपिल गर्दछु विज्ञप्तीमा भनिएको थियो । यस आधारमा सामाजिक सञ्जाल फेसबुक तथा केही अनलाइन खबरमा समाचारहरु आए ।
यस सन्दर्भमा २०८१ असार १० गतेको बोर्ड बैठकको निर्णय अनुसार यस नगरपालिकाको कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरी बोर्ड बैठकबाट संशोधित सहित स्वीकृतिको लागि यस नगरसभामा पेश भएको र दफावार छलफल भएकाले उक्त नीति तथा कार्यक्रम स्वीकृति गर्ने निर्णय भएको नगर प्रमुख खाँणले जानकारी दिनुभयो । यसैगरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६५ बमोजिम राजश्व परामर्श समितिको विभिन्न मितिको निर्णय तथा निर्णयको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१÷०८२ को लागि राजश्व सङ्कलनका क्षेत्र तथा करका दायराहरु तोकिएका करका दररेटहरुसहितको प्रतिवेदन नगरपालिकाको बोर्ड बैठकको सिफारिस तथा आर्थिक ऐन २०८१ यस नगरसभामा पेश भएकाले उक्त आर्थिक ऐन २०८१ लाई स्वीकृत गरी २०८१ साल साउन १ गतेदेखि लागु गर्नुे निर्णय गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ वमोजिम गठित बजेट तथा कार्यक्रम तर्जुमा समितिको निर्णय वमोजिक आर्थिक वर्ष २०८१÷०८२ लागि वार्षिक बजेट योजना तथा कार्यक्रम तर्जुमा गरी नगर कार्यकार्यपालिकाको बैठकमा पेश भई नगरसभामा पेश भएकोले सो बजेट योजना तथा कार्यक्रमहरुमाथि विस्तृत छलफल गर्नुपर्ने भएकोले स्थानीय सरकार ऐन २०७४ को दफा ७१ को उपदफा ३,४,५ र ६ वमोजिम तयारगरी अर्को वैठकमा छलफल गर्ने निर्णय गरिएको हो ।N.jpg
यसरी नगरसभामा भएको निर्णयका आधारमा अर्को वैठकबसी बजेट पारित गरिएको नगर प्रमुख खाँणले स्पष्ट पार्नुभयो । कार्यपालिकाका ७६ जना सदस्यमध्ये ६८ जनाको सहमति र हस्ताक्षरसहित बजेट पारित भएको हो । बाँकि रहेका सदस्यहरु कोहि विदेशमा रहेका छन् भने विविध कारणले अनुपस्थित भएका हुन् । नगरसभाको निर्णयका आधारमा नगरकार्यपालिकाको बैठकबाट पारित बजेट १३ गते विहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको नगर प्रमुख खाँँणको स्पष्टोक्ती छ ।
तथ्यका आधारमा समाचार प्रकाशन गर्नु पत्रकारज्यूहरुको धर्म हो । त्यसैले कसैको विज्ञप्तीमा सत्यता छ कि छैन भन्ने बुझेर तथ्यपरक समाचार प्रकाशन गर्न नगर प्रमुख खाँणको आग्रह छ ।
यस सन्दर्भमा नगर उप प्रमुखद्वारा जारी विज्ञप्तीको कुनै औचित्य नरहेको नगर प्रवक्ता एवम् १ नम्वर वडा अध्यक्ष पदमराज गुरुङको भनाई छ । नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटलाई कार्यपालिकाको वैठकबाट पारित गरिएको र सोहि अनुसारको बजेट पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको स्पष्ट पार्न चाहन्छु, नगर प्रवक्ता गुरुङले भन्नुभयो ।