स्याङजाको सबैभन्दा कम बेरुजु विरुवा गाँउपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८०÷०८१ को आर्थिक कारोबारको अन्तिम लेखा परीक्षणमा सबैभन्दा कम बेरुजु विरुवा गाँउपलिकामा देखिएको हो । एघार वटा स्थानीय तह रहेको स्याङजामा सबै भन्दा कम बेरुजु विरुवा गाँउपालिकामा देखिएपछि कम बेरुजु हुनेमा विरुवा गाँउपालिका प्रथम देखिएको छ । महालेखा परीक्षको प्रतिवेदन अनुसार गाँउपालिकाको कूल कारोबारको ०ं१२५ बेरुजु रहेको छ । जिल्लामा कम बेरुजु कायम गर्दे कार्य सम्पादनमा चुस्त देखिएको विरुवा गाँउपालिका गण्डकी प्रदेशको तुलनामा भने तेस्रो स्थानमा रहेको छ । गाँउपालिका प्रमुख सुर्य कुँवरको अनुसार अहिले देखिएको प्रतिवेदनले दृढताका साथ अगाडी बढ्ने उत्साह पलाएको भन्दै आगामी दिनमा सुन्य बेरुजु बनाउने लक्ष्यका साथ अगाडी बढ्ने प्रतिवद्धता समेत गर्नुभयो ।
