headline 2गण्डकीराजनीति

हरिनासमा नेपाली काँग्रेस वडा नं ३ कार्यसमिती उपसभापति सहित बाह्र जना एमालेमा प्रवेश

मेरो दृष्टि सम्बादाता जेठ २५,वालिङ

स्याङजाको हरिनास गाँउपालिकामा तेह्र जनाले काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेस वडा नं ३ का कार्यसमिती उपसभापति भोज राज लम्साल (रामचन्द्र ), क्षेत्रीय प्रतिनिधि बेल बहादुर परियार र स्थानिय निर्बाचन २०७९ को दलित महिला उमेदवार कोपिला सुनार सहित 13 जना एमालेमा प्रवेश गरेको हरिनास गाँउपालिका वडा नं ३ वडा कमिटि अध्यक्ष पदम बहादुर अर्याल क्षेत्रीको भनाई छ । नेकपा एमालेको वडा नं ३ को वडा अधिवेशनको सन्दर्भमा पार्टी प्रवेश कार्यक्रममा पुगेका नेपाली काँग्रेस सदस्यहरुले आफुहरु कसैको दवाव भनई पार्टी बाटै असन्तुष्ट रहेको बताउदै स्वतसफुर्त रुपमा पार्टी परित्याग गरेको पार्टी प्रवेश गर्ने लम्सालको भनाई छ । लम्सालको अनुसार पार्टीमा लामो समय सम्म काम गरिरहदा पनि कुनै मुल्याङकन नभएको र चुनावको बेला मात्र खोज्ने परिपार्टी काँग्रेस भित्र हावी भएकोले आफुहरु त्यहा बाट अलग भएको लम्सालले बताउनुभयो । सोही कार्यक्रममा लामो समय सम्म राप्रापाको राजनिति गरेका घनश्याम पाण्डे क्षेत्री पनि एमालेमा प्रवेश गरेका छन् । हरिनास गाँउपालिका वडा नं ३ को वडा कमिटिको दोस्रो अधिबेशनमा पार्टी प्रवेश कार्यक्रम सहित कम्युनिष्ट आन्दोलनमा महत्वपुर्ण योगदान पुर्याउने हरिनास गाँउपालिका भित्रका ३९ जना अग्रजहरुलाई सम्मानपत्र द्वारा सम्मानित गरेको थियो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.