अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गल्याङ जेसीज द्वारा उत्कृष्ट ८ युवालाई सम्मान

रोशन लामिछाने आँधीखोला ,२७ साउन ।

अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा गल्याङ जेसीजले आठ युवालाई सम्मान गरेको छ । जेसीजले गल्याङ नगरपालिका भित्रका क्षेत्रका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका युवाहरुलाई सम्मान कार्यक्रम गरेको हो। सम्मान कार्यक्रममा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुलाई विभिन्न विधामा उत्कृष्टताको आधारमा सम्मान गरिएको आयोजकको भनाई छ । सम्मान हुनेहरुमा युवा शिक्षा, धर्म तथा संस्कृति संरक्षण क्षेत्रमा गुरु दीपक गैह्रे, उत्कृष्ट युवा खेलकुद प्रशिक्षक क्षेत्रमा छविलाल गाहा, उत्कृष्ट युवा नवप्रवर्द्धन उद्यमी क्षेत्रमा कृष्ण पाठक, उत्कृष्ट युवा कृषि उद्यमशीलता क्षेत्रमा प्रदीप पाण्डे, उत्कृष्ट युवा स्वास्थ्य क्षेत्रमा सन्तोष भण्डारी, उत्कृष्ट नवप्रतिभावान युवा क्रिकेट क्षेत्रमा सन्दीप खत्री, उत्कृष्ट नवप्रतिभावान युवा भलिबल क्षेत्रमा उमेश सेन्चुरी, र उत्कृष्ट युवा पशुपालन क्षेत्रमा तारा प्रसाद भण्डारी रहेका छन्।समाजमा सकारात्मक परिवर्तन ल्याउने, सिर्जनशील र नेतृत्व क्षमता प्रदर्शन गर्ने युवाहरुलाई थप उर्जाशिल बनाउदै लैजाने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम गल्याङ जेसीजको वार्षिक क्यालेन्डर अनुसार गरिएको र यसलाई निरन्तरता दिने गल्याङ जेसीजका अध्यक्ष पाठककको भनाई छ ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.