प्रथम वालिङ् सडक खाना महोत्सव आजदेखि शूरु

मेरो दृष्टि सम्बादाता मंसीर १७,वालिङ

स्थानीय उत्पादनको पर्वद्धनको निम्ति स्याङजाको वालिङ नगरपालिकाले आज देखी प्रथम खाना महोत्सबको शूरु गरेको छ । परापुर्व काल देखि चल्दै आईरहेको तर पछिल्लो समयमा लोप हुन लागेको खाना तथा भेष भुसा संरक्षणको निम्ति वालिङ नगरपालिकाले आज देखि प्रथम सडक खाना महोत्सको आयोजना गर्न लागेको हो । तिन दिन सम्म चल्ने सडक खाना महोत्सव वालिङ स्थीत पतञ्जली देखि सुर्कीदी पुल सम्म स्टल राखी स्थानीय स्तर बाट निर्माट खानाको परिकार प्रदशनी सहित विक्रि वितरण समेत गरिने वालिङ नगरपालिकाका मेयर कृष्ण खाँडको भनाई छ । जिल्लामै पहिलो अभ्यासको रुपमा पालिकाले सञ्चालन गर्न लागेको प्रथम सडक खाना महोत्सवमा स्थानीय स्वाद सहितको खाना,मनोरञ्जन,सांस्कृतिक प्रस्तुति गरिने आयोजक वालिङ नगरपालिकाले बताएको छ । आन्तरिक तथा बाहिय पर्यटन पर्वद्धनको निम्ति आयोजना गरिएको प्रथम सडक महोत्सव दिउसो एक बजे देखि बेलुकी आठ बजे सम्म सञ्चालन हुने नगर प्रवत्ता पदम गुरुङको भनाई छ । सडकमै खाउ, सडकमै रमाउ भन्दै ३ दिनसम्म सञ्चालन हुने महोत्सवले स्थानीय बजार प्रवद्र्धनलाई मुख्य महत्तव दिदै विभिन्न जातजातिको लोपउन्मुख भेषभूषा, झाँकी कृषिजन्य वस्तु र हस्तकला प्रदर्शनी गरिने मेयर खाँडको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.