सहकारी केन्द्र नेपाल गण्डकी प्रदेशको प्रथम सम्मेलन सम्पन्न, कोइरालाको नेतृत्वमा ३५ सदस्यीय समिति चयन

मेरो दृष्टि सम्बादाता पौाष ६,वालिङ

सहकारी केन्द्र नेपाल गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखरामा सम्पन्न भएको छ। गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखरामा सम्पन्न भएको सम्मेलनले मिन ्प्रसाद कोइरालाको अध्यक्षतामा सात सदस्यीय पदाधिकारीसहित ३५ सदस्यीय प्रदेश समिति सर्वसम्मत रूपमा चयन गरेको हो। सम्मेलनबाट उपाध्यक्षहरूमा हरि बहादुर खनाल पार्वती पनेरु र लोक भट्टराई चयन हुनुभएको छ। त्यस्तै सहकारीको सचिवमा गणेश प्रसाद आचार्य , सह–सचिवमा टिक बहादुर पण्डित क्षेत्री र कोषाध्यक्षमा गगन बहादुर पुन चयन हुनुभएको छ। सहकारको उत्घाटन कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता तथा सहकारी केन्द्र नेपालका फ्याक्सन इन्चार्ज लिलामणि पोखरेलले सहकारीको आन्दोलनलाई कमजोर बनाउने प्रयासहरू बढिरहेको उल्लेख गर्दै सहकारी क्षेत्रलाई जनमुखी र पारदर्शी बनाउन प्रयाप्त अनुगमन अहिलेको आवश्यकता रहेको बताउनुभयो। पछिल्लो समय सहकारीमा आर्थिक अपचलन बढ्ने गरेको बताँउदै सहकारीहरु स्थानीय जनस्तर बाट सञ्चालन हुने भएकोले आम सहकारीका बचतकर्ता पनि चनाखो हुनु पर्ने पोखरेलको भनाई थियो । बर्तमान समयमा सहकारीहरुले ऋण तथा बचतलाई मात्रै ध्यान दिई अगाढी बढीरहेको बताउदै पोखरेलले सहकारीहरुले सरकारको तिन खम्बे नितिलाई आत्मसाथ गर्दे उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
सम्मेलनमा सहभागी वक्ताहरूले पछिल्लो समय सहकारी क्षेत्रमाथि सरकार र वित्तीय संस्थाबाट नियोजित रूपमा दबाब बढ्दै गएको भन्दै सहकारीको मूल मर्म र दर्शन जोगाउँदै पारदर्शिता, अनुशासन र जवाफदेहिता बलियो बनाउनुपर्ने धारणा राखेका थिए।
सहकारी केन्द्र नेपाल गण्डकी प्रदेशले आगामी दिनमा सहकारी आन्दोलनलाई सुदृढ बनाउने, सदस्यहरूको हित संरक्षण गर्ने र समुदायमा आधारित आर्थिक गतिविधि हरुलाइ पारदर्शी बनाउन रचनात्मक भुमिका खेल्ने कार्यक्रम अघि बढाउने निर्णय गरेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.