फेदिखोला गाँउपालिकाले ल्याएको कार्यक्रमले पर्ख र हेरमा रहेका कृषक कषि कर्ममा फर्किए

माधब गैह्रे,स्याङजा पौष ७

यी हुन स्याङजा फेदीखोलाका कृषिकहरु । कुनै बेला माटो संग खेलेका यिनका पौरखी हातहरु विचको केही समय भने माटो संग परिचित नै भयनन् । बाँदर आतङक, उत्पादन बिक्री बितरणमा बिचौलियाको विगविगि अनि कृषकलाई गरिने व्यवहारकोे कारण कतै बाट सहारा नपाए पछि बिचल्लीएका फेदीखोलाका कृषक ,कोही बैदेशिक रोजगारीमा पुगी सके भने कोही पर्ख र हेरको अवस्थामा पुगे । तर अहिले तिनै पर्ख र हेरको अवस्थामा पुगेका कृषक भने गाँउपालिकाले ल्याएको न्युनतम समर्थन मूल्य कार्यक्रम पस्चात खुसी हुँदै पुन खेतबारीमा फर्केन थालेका छन् । गाँउपालिकाले ल्याएको न्युनतम समर्थन मुल्य सहित स्थानीय कृषि सहकारीमार्फत बजारीकरणको सुनिश्चितता गरे पस्चात पर्ख र हेरमा रहेका कृषकहरु बाँझो जग्गाको सदुपयोग गर्दे धमाधम उत्पादनमा लागिरहेका छन् । छोटो समयमा फेदीखोला गाँउपालिका मह,आलु,तरकारी जन्य बस्तुमा आत्मनिर्भर बनि छिमेकी सहर पोखरा निर्यात गर्न थालिसकेको छ । संधीय सरकार बाट हुनु पर्ने यस्ता खाले कार्यक्रम स्थानीय सरकार बाटै लागू भएपछि आफुहरु पुरानै पेशा कृषि कर्ममा फर्केएको कृषको भनाई छ ।अहिले गाउँपालिकाले कृषको मनोबल उचो बनाउनको निम्ति २६ प्रकारका तरकारी बालीमा न्यूनतम समर्थन मूल्य तोकी दिएको छ । नक्कली कृषकको अन्त्य गर्न गाँउपालिकाले नक्कली कागजात पेश गरी लाभ लिने नक्कली कृषकको पहिचान र नियन्त्रणमा कडाइ गरेको छ । असली कृषक पत्ता लगाउन गाँउपालिकाले स्थलगत अनुगमन कडाई गरेको छ भने उत्पादनको प्रत्यक्ष मूल्यांकन र सहकारीमार्फत बजारीकरणको व्यवस्था गर्दा वास्तविक कृषक मात्र लाभान्वित बनाउने उदेश्यले उत्पादनमा आधारित अनुदानको कार्यक्रम अगाढी सारेको छ । श्रमीकहरुकको भविष्यलाई थप व्यवस्थीत र जोखीम युक्त्त बनाउन गाँउपालिकाले पालिका भित्रका करिब २०० जना कृषिक,श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेत आवद्ध गरिदिएको गाँउपालिकाका अध्यक्ष धनश्याम सुवेदीको भनाई छ । यस्ता खाले कार्यक्रमले बिचौलियामुक्त बजारको अन्त्य गर्दे असली कृषिकको विकास र कृषक–उपभोक्ता प्रत्यक्ष जोड्ने नीति निर्माण सहज पुगेको बताउँदै यस्ता खाले कार्यक्रमलाई थप व्यवस्थित बनाउने योजनामा गाँउपालिका रहेको गाँउपालिकाका अध्यक्ष सुवेदीको भनाई छ । कृषि पेशामा आवद्ध कृषक घाटाको पेशा नभई सम्भावनायुक्त व्यवसाय बनाउदै लान सके मात्र कृषिमा आत्मनिर्भर हुने अपेक्षा राखेको गाँउपालकाले बिचौलियामुक्त बजारको अन्त्य गरि सकेको छ । असली कृषिकको विकास र कृषक–उपभोक्ता संग प्रत्यक्ष जोड्ने नीति निर्माण गर्दे कृषि पेशाप्रतिको भरोसा बनाउन सके फेदिखोलाका जस्ता फर्ख र हेरको पर्खाईमा रहेका आम देश भरका कृषिक कृषि पेशामा फर्केने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.