भु पू विद्यार्थी मञ्च आनन्द ज्योति माविमा सुशीला अधिकारी सिग्देल तेस्रो कार्यकालका लागी निर्बाचित
मेरो दुष्टि सम्बादाता वालिङ,पौष ७
भुपू विद्यार्थी मञ्च आनन्द ज्योति मा वि,बेगनास पोखरा ३१ मा अध्यक्षमा सुशीला अधिकारी सिग्देल निर्वाचित भएकी छन् ।
शनिबार सम्पन्न मञ्चको छैटौं बार्षिक साधरणसभा एंब तेस्रो अधिबेशनबाट अधिकारी सिग्देलको निर्वाचित भएकी हुन् । त्यस्तै उपाध्यक्षमा कृष्णराज आचार्य, सचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा केशबराज तिवारीलाई निर्वाचित भएका छन् । सदस्यहरुमा गोमा तिवारी सोती, टेकनाथ पोख्रेल, प्रकाश सापकोटा, अनिता अधिकारी पोख्रेल, शिबहरी सुवेदी, रोशनराज तिवारी र सुर्य सुबेदी चयन भएका छन् ।संस्थाका सल्लाहकार चन्द्र बहादुर सुबेदी संयोजक र सल्लाहकार चिरञ्जीवी अधिकारी र श्री आनन्द ज्योति माविका प्रधानाध्यापक शिबराज अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरी सुशीला अधिकारी सिग्देलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्