‘हिमालय रोडिज’ सिजन ७ को उपाधि अनिश तामाङलाई

सो अवसरमा रोडिजको आठौं सिजनको अडिसन खुला भएको जानकारी दिइयो ।

काठमाडौं । ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि अनिश तामाङले जितेका छन् । सोमबार राती प्रसारित ग्रान्ड फिनालेको एपिसोडमा नेपाली सेनामा आबद्ध उनी विजेता घोषित भए ।

उपाधि विजेता तामाङलाई हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलसहितका अतिथिले पुरस्कार प्रदान गरे । उपाधिसँगै तामाङले १० लाख नगद र यामाहाको मोटरसाइकल प्राप्त गरे ।

रोजिता लामा उपविजेता घोषित भइन् । उनले एटआइटीएम कलेजबाट ६ लाख बराबरको शैक्षिक छात्रवृत्तिसहितका आकर्षक उपहार प्राप्त गरिन् । रोजिता पेशाले ब्यायाम प्रशिक्षक हुन् ।
हिमालय रोडिजको इतिहासमा पहिलोपटक महिला प्रतियोगी फिनालेसम्म पुगेकी हुन् । यस संस्करणका कतिपय टास्क महिलामैत्री बनाइएको निर्देशक सिमोस सुनुवारले बताए ।
रोचक के छ भने, दुबैजना फाइनलिस्ट ग्याङ लिडर अनुपविक्रम शाहीको समूहका हुन् । ग्याङ लिडरको रुपमा अनुपको यो ह्याट्रिक हो । गतवर्ष पनि अनुपकै समूहका जोसेफ शर्माले उपाधि जितेका थिए ।

कार्यक्रमको शीर्ष प्रायोजकको रुपमा यामहा नेपाल रहेको छ ।

सो अवसरमा रोडिजको आठौं सिजनको अडिसन खुला भएको जानकारी दिइयो । विजेतालाई मंगलबार आयोजना गरिएको समारोहमा औपचारिकरुपमा पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.