हरिनास गाउँपालिकाको गौरव नयाँ प्रशासकीय भवन निर्माण कार्य सुरु
स्याङजाको हरिनास गाँउपालिकाको प्रशासकिय भवनको निर्माण कार्य सुरु भएको छ । जग्गा विवादका कारण करिब तिन महिना निर्माणाधिन अवस्थामा रोकिएको उक्त्त प्रशासकीय भवन जग्गाको समस्या समधान भए संगै निर्माण कार्य शुरु भएको हो । २०८२ बैशाख ४ गते सम्झौता भएको उक्त्त प्रशासकीय भवन प्रजिल कन्स्ट्रक्सनले निर्माण कार्यको जिम्मा लिएको छ । सम्झौता रकम रु ३,७३,४५,८६७।२१ तीन करोड त्रिहत्तर लाख पैतालीस हजार आठ सय सतसठ्ठी रुपैयाँ एक्काइस पैसा मा निर्माण गर्ने सम्झौता गरेको प्रजिल कन्स्ट्रक्सनले गाँउपालिकाले गरेको ड्रवइङ अनुसार करिब १८ महिनामा भवन सम्पन्न गर्नु पर्ने सभ्झौतामा उल्लेख गरिएको छ । जग्गा विवादका कारण करिब ५ महिना रोकिएको उक्त्त प्रशासकीय भवन पुन विवाद नभए सम्झौता अनुसार नै काम सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ । लामो समय अलपत्र परेको प्रशासकीय भवनको निर्माण कार्य शुरु भएपछि यहाँका स्थानीय पनि खुसी हुन थालेका छन् । अन्य पालिकाका सुविधा सम्पन्न भवन देखेका हरिनासका स्थानीयले आफ्नो स्थाीय तहमा पनि व्यवस्थीत प्रशासकीय भवनको माग गर्दे आईरहेका थिय । तर गाँउपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले प्रशासकीय भवन भन्दा पनि सुविधा सम्पन्न अस्पताल प्रमुख आवश्यकता रहेको बताउँदै आफ्नो दुई कार्यकाल पुरानै भवनबाट बिताउने योजनामा रहेको बताउँदै आउनुभएको थियो । प्रशासकीय भवनको निम्ति आएको बजेट संधीय सरकारलाई नै फिर्ता गरेको हरिनाँस गाँउपालिकाले हरिनास गाँउपालिका स्थित मग्याम चिसापानीमा सुविधासम्पन्न अस्पतालको निर्माण कार्य करिब २५ प्रतिशत काम सम्पन्न भए पछि मात्र यस भवनको ठेक्का आवहान गरिएको थियो । साँगुरो अनि अव्यवस्थ्ति भवन बाट सेवा प्रवाह गर्दे आईरहेको हरिनास गाँउपालिका नयाँ भवन निर्माण सम्पन्न भए पस्चात सरल,सहज र व्यवस्थित तरिकाले सेवा प्रदान गर्दे त्यहाँ रहेका दस्तावेज सुरक्षीत हुने विश्वास लिएको छ । हरिनास गाउँपालिकालाई समृद्ध र सेवामैत्री बनाउने अभियान अन्तर्गत, पालिकाको नयाँ सुविधासम्पन्न प्रशासकीय भवनको निर्माण कार्य अगाडि बढेको बताउदै बाँकी रहेको कार्यकाल आफ्नो बलबुताले भ्याय सम्म विकास निर्माणमा खर्चने अध्यक्ष खिम नारायण मानन्धरको भनाई छ ।





प्रतिक्रिया राख्नुहोस्