दुई महत्वपूर्ण ऐन पारित गर्दे भीरकोट नगरपालिकाको १७औँ नगरसभा सम्पन्न
स्याङ्जाको भीरकोट नगरपालिकाले १७औँ नगरसभा सम्पन्न गरेको छ । दुई महत्वपूर्ण ऐन पारित गर्दे भीरकोट नगरपालिकाले १७ औ नगरसभा सम्पन्न गरेको हो । नगरसभाले पहिलो ऐन स्वरुप विज्ञापन ऐन २०८२ पारित गरेको छ । ऐन पारित गरे संगै अब भीरकोट नगरपालिका भीत्र राखीने सुचना,विज्ञापन तथा होर्डिङ बोडको व्यवस्थापनलाई व्यवस्थित गर्दे राजस्वमैत्री बनाउने अपेक्षा गरिएको भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यको भनाई छ । त्यस्तै सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ पारित गरेको छ । यो ऐन पारित भए संगै नगरपालिकाको बजेट कार्यान्वयन, खर्च प्रणाली र वित्तीय जवाफदेहिता पारदर्शी र उत्तरदायी बन्न मद्दत पुग्ने भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सविच लक्ष्मण लम्सालले बताउनुभयो ।

त्यस्तै सभामा नगर र वडा स्तरमा सञ्चालन भइरहेका तथा आगामी दिनमा सञ्चालन हुने केही योजनाहरूलाई संसोधन गरिएको सभाका सचिव लक्ष्मण लम्सालको भनाई छ । केही योजनाहरु जनउत्तरदायी तथा समयसापेक्ष नदेखिएकोले त्यसलाई जनउत्तरदायी र प्रभावकारी बनाउन सक्दा आम नागरिकमा सन्तुष्ट मिल्ने भएकोले केही नगर तथा वडाको बजेट संसोधन गरिएको सभाका सचिव लम्सालको भनाई छ । नगरसभामा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
नगरपालिकाले पारित गरेको ऐन तथा निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत नगरवासीलाई अझ गुणस्तरीय सेवा प्रवाह गर्ने नगरपालिकाले प्रतिबद्धता व्यक्त समेत गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्