गल्याङ नगरपालिका को श्री जगत्रदेवी आधारभुत विधालय र हिमाञ्चल आधारभुत विधालयका ९४ जना विधार्थीलाई न्यानो कपडा वितरण
स्याङजाको गल्याङ नगरपालिका स्थीत श्री जगत्रदेवी आधारभुत विधालय र हिमाञ्चल आधारभुत विधालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । खुमा अर्याल फाउन्डेसनको आयोजना तथा गल्याङ नगरपालिकाको सहकार्यमा गल्याङ नगर भित्रका दुई सामुदायीक विद्यालयका ९४ जना विधार्थीलाई न्यानो कपडा वितरण गरिएको गल्याङ नगरपालिकाका प्रमुख गुरु भट्राईले जानकारी दिनुभयो । नगरप्रमुख भट्टराईको अनुसार श्री जगत्रदेवी आधारभूत विद्यालयका ६२ जना र श्री हिमाञ्चल आधारभूत विद्यालयका ३२ जना विद्यार्थीहरूलाई चिसो बाट जोगाउने उदेश्यले न्यानो कपडा वितरण गरिएको थियो।





प्रतिक्रिया राख्नुहोस्