समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा

मुना न्यौपाने फागुन १५,कालिगण्डकी

नेपालको राजनीतिमा स्थिरता, विकास र राष्ट्रियताको पहरेदारको नारा लिएर नेकपा एमाले क्षेत्र नं २ का उमेद्धवार खिम थापा सूर्य चिह्न लिएर चुनावी मैदानमा होमीनु भएको छ । परिवर्तनको चाहना राखेका आम नागरिकले यस पटक भने पार्टी भन्दा पनि सच्चा,ईमान्दार,कर्तव्यनिष्ट र कुनै पनि विवादमा नपरेका उमेद्धवारलाई छान्ने तयारीमा जुटीरहेका छन् । सोही क्रममा आज नेकपा एमालेको तर्फबाट क्षेत्र नं २ का उमेद्धवार खिम बहादुर थापाको विवरण आम नागरिक सामु पस्कन खोजेका छौ ।

को हुन खिम बहादुर थापा
जनताको सेवक, सुखदुःखको साथी खिम बहादुर थापा कुनै नाम मात्र होइन, यो एउटा भरोसा हो। विगत लामो समयदेखि स्याङ्जाको माटोमा भिजेर, यहाँको भूगोल बुझेर र जनताको समस्यालाई आफ्नै समस्या ठानेर समाधानमा खटिने जुझारु व्यक्तित्व हो खिम बहादुर थापा जस्ले कालिगण्डकी गाँउपालिकाको दुई कार्यकाल अध्यक्ष हुँदा कुनै पनि बिबादमा नआई नागरिक मैत्री सरकारको अनुभुती दिलाउनुभयो ।

२ः पूर्वाधार विकास र आधुनिक स्याङ्जा क्षेत्र नम्बर २ का गाउँ गाउँमा सडक सञ्जालको विस्तार, खानेपानीको उचित प्रबन्ध र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन उहाँको स्पष्ट खाका रहेको छ। अधुरा रहेका विकासका आयोजनाहरूलाई पूर्णता दिन उहाँको जित अपरिहार्य छ।

३ः युवा स्वरोजगार र कृषि क्रान्ति स्याङ्जाको समृद्धिको आधार कृषि र पर्यटन हो। युवाहरूलाई विदेश पलायन हुनबाट रोकी गाउँमै उद्यमशीलता जगाउन, कृषिमा आधुनिकीकरण गर्न र पर्यटनमार्फत स्थानीयको आयआर्जन बढाउन खिम बहादुर थापाले ठोस योजना अघि सार्नुभएको छ।

४ः राष्ट्रियता र सबल नेतृत्व देशको सार्वभौमसत्ता र स्वाभिमानको रक्षाका लागि खिम बहादुर थापा जस्ता निडर र स्पष्ट वक्ताको उपस्थिति संसदमा हुनु गौरवको विषय हुनेछ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.