कार्यसम्पादनमा गण्डकी प्रदेशमै पहिलो, देशभर छैटौं: कालीगण्डकी गाउँपालिका

अकला सम्बादाता फागुन १

स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका गण्डकी प्रदेशमै प्रथम र देशभर छैटौं स्थानमा पर्न सफल भएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार गाउँपालिकाले ७८.१९ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशका अन्य पालिकालाई पछि पारेको हो। स्याङ्जा जिल्लाका ११ स्थानीय तहबीच गरिएको मूल्यांकनमा दोस्रो स्थान वालिङ नगरपालिका ले ७६.३३ प्रतिशत अंकसहित हासिल गरेको छ भने तेस्रो स्थान फेदिखोला गाउँपालिका ले ७६.०२ प्रतिशत अंकका साथ ओगटेको छ।त्यसैगरी पुतलीबजार नगरपालिका ले ७५.३१, बिरुवा गाउँपालिका ले ७४.६८, आँधीखोला गाउँपालिका ले ७२.८३ र अर्जुनचौपारी गाउँपालिका ले ६९.६९ प्रतिशत अंक प्राप्त गरेका छन्। यसैगरी भीरकोट नगरपालिका ले ६७.२१, गल्याङ नगरपालिका ले ६१.६६, चापाकोट नगरपालिका ले ५१.७० र हरिनास गाउँपालिका ले ४९.२० प्रतिशत अंक प्राप्त गरेका छन्।आयोगले सार्वजनिक गरेको विवरणअनुसार वित्तीय अनुशासन, योजना कार्यान्वयन, पारदर्शिता, सेवा प्रवाह तथा सुशासनका सूचकका आधारमा मूल्यांकन गरिएको हो। कालीगण्डकी गाउँपालिकाका निर्वतमान अध्यक्ष हाल संसदीय निर्वाचनमा उम्मेदवार रहेका छन्। कार्यसम्पादनमा उत्कृष्ट नतिजा ल्याएको यस उपलब्धिलाई स्थानीयवासीले नेतृत्वको सफलताको रूपमा लिएका छन्। स्थानीय तहको प्रभावकारी कार्यसम्पादनले विकास र सुशासनप्रति जनविश्वास अझ सुदृढ भएको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.