वालिङको पाईनिअज हायर एजुकेशन एकेडेमीमा खेल शिक्षकमा हरि पाण्डे नियुक्त
माधब गैह्रे चैत्र २२,वालिङ
वालिङ — पाईनिअज हायर एजुकेशन एकेडेमीले विद्यालयको खेलकुद गतिविधिलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले राष्ट्रियस्तरमा परिचित भलिबल खेलाडी हरि पाण्डेलाई खेल शिक्षक स्पोर्ट्स इन्स्ट्रक्टर का रूपमा नियुक्त गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार उनलाई हालै औपचारिक रूपमा उक्त जिम्मेवारी प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक मेघराज गैह्रेले जानकारी दिनुभयो। प्रधानाध्यापक गैह्रेका अनुसार पाण्डेको नियुक्तिले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती, खेलकुदप्रतिको रुचि, अनुशासन तथा टीमवर्क विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा राख्दै पाण्डेको नियुत्तिले खेल क्षेत्र बाट भविश्य खोज्ने विद्यार्थीहरुका भलिबल मात्र नभई सम्पुर्ण खेल क्षेत्रको प्राविधिक सीप प्रभावकारी रूपमा लिन सक्ने प्रधानाध्यापक गैह्रेले बताउनुभये । पाण्डेको नियत्तिले विद्यालयको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्दे आगामी दिनमा पाईनिअजले अन्तरविद्यालय तथा राष्ट्रियस्तरका प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखेको छ। हालसम्म राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाइसकेको पाईनिअजले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरसम्म विद्यालयको प्रतिष्ठा विस्तार गर्ने लक्ष्य लिएको प्रधानाध्यापक गैह्रेले बताउनुभयो। विद्यालयले यस नियुक्तिलाई विद्यार्थीहरूको समग्र विकास, विद्यालयको उन्नति तथा समाजको सकारात्मक रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। गण्डकी प्रदेश पुरुष भलिबल टिमका पूर्व क्याप्टेन हरि पाण्डे नेपाली खेलकुद क्षेत्रका एक समर्पित र प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छन्। उनले करिब एक दशकभन्दा बढी समय गण्डकी प्रदेशको भलिबल यात्रामा महत्वपूर्ण योगदान दिँदै टिमलाई विभिन्न प्रतिष्ठित उपाधिहरू दिलाउन अग्रणी भूमिका खेलेका थिए। गत वर्ष ‘टाइगर कप’ जस्तो राष्ट्रियस्तरको प्रतियोगिताबाट खेल जीवनलाई सम्मानजनक बिदाइ दिएका पाण्डे अब आफ्नो अनुभव, सीप र नेतृत्व क्षमता नयाँ पुस्तामा हस्तान्तरण गर्दै पाईनिअजमार्फत सक्रिय भूमिका निर्वाह गर्नेछन्।






प्रतिक्रिया राख्नुहोस्