बिरुवामा तेस्रो मनकामना महोत्सवको तयारी, अध्यक्ष सूर्य कुँवरले उद्घाटन गर्ने

कार्तिक ५, वालिङ

स्याङ्जाको बिरुवा गाउँपालिका–७ स्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर क्षेत्रमा तेस्रो मनकामना महोत्सव हुने भएको छ। मनकामना मन्दिर सञ्चालक समितिको आयोजनामा यही कार्तिक ८ गतेदेखि १३ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सवको उद्घाटन बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । चार्डपर्व लक्ष्यीत आयोजना गर्न लागीएको महोत्सले स्वदेश देखी विदेश बाट टिका लगाउन गाउँ फर्किएका स्थानीय आफन्तजनबीच भेटघाट हुने , र त्यसले आपसी सद्भाव बढाउनुका साथै मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। छ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, स्थानीय खानाका परिकारको प्रदर्शनी तथा बिक्रीवितरण, परम्परागत भेषभूषाको प्रदर्शनी र विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय कला, संस्कृति र मौलिक परम्परा झल्कने विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने महोत्सव आयोजकको भनाई छ। यता महोत्सव सफल बनाउनको निम्ति बिरुवा गाँउपालिकाले पुर्वधार निर्माण तथा विद्युत् जडानका लागि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। गाउँपालिकाबाट विनियोजित बजेटबाट मन्दिर क्षेत्रमा थ्रि फेजको विद्युत् लाइन विस्तार तथा ट्रान्सफर्मर जडान सम्पन्न भएको छ। थ्रि फेज विद्युत् जडान भएसँगै यस पटक विगतको तुलनामा महोत्सव झिलिमिली हुने रातिको समयमा उज्यालोका साथ अवलोकन गर्न सकिने आयोजकको भनाई छ । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। दशैँका बेला गाउँमा भेला हुने स्थानीयवासीका लागि महोत्सव भेटघाट, मनोरञ्जन र सांस्कृतिक उत्सवको साझा अवसर बन्ने विश्वास गरिएको छ भने धार्मिक तथा पर्यटकीय स्थल मनकामना मन्दिरको प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.