headline 1गण्डकी

वडाको सिमेन्ट , गाउँबासीको श्रमदानले नमुना सडक

वडा अध्यक्ष आनन्द पाठक भन्छन् , ‘वडाले आवश्यक सिमेन्ट उपलब्ध गराउने भएपछी यहाँका जनता जागरुक हुनुभएको छ । यो सडक नगर भित्रकै नमुना सडक बन्नेछ । ’

सुशील सुवेदी
स्याङ्जा, १७ भदौ ।
कसैको हातमा बेल्चा र कसैको शिरमा नाम्लो तर सबैको उदेश्य घरघरमा सडक पु¥याउने लक्ष्य । यो दृश्य वालिङ—१३ , बोधिभञ्ज्याङका गाउँवासीको हो । बिकाश निर्माणको कामलाइ सरकारको मुख ताकेर बजेट नै कुर्नुपर्छ भन्ने मान्यतालाइ उनीहरुले तोडेका छन् ।
अहिले गाउँबासीले वडा कार्यालय सँग साझेदारी गर्दै गाउँमा सडक निर्माण गर्न जनश्रमदानमा जुटेका छन् । वडा कार्यालयले आवश्यक्ता अनुशार सिमेन्ट उपलब्ध गराइदिने भएपछि बोधिभञ्ज्याङ गाउँका करिव ६० घरधुरी सडक निर्माणमा जुटेका हुन् ।
करिव ८०० मिटर सडक निर्माण गरेसँगै घरघरमा ३ पाङ्ग्रे अटो र मोटरसाइलको पहुँच हुने भएपछी औषधोपचार गर्न जान सहज हुने स्थानीयवासीको भनाइ छ । केही समय अगाडी खुट्टा भाँचिदा सडककै कारण उपचारमा असहज भएको स्मरण गर्दै दिलमाया थापा भन्छिन् , ‘ कम्तिमा  घरबाटै अटो चढेर स्वास्थ्य संस्था त जान सकिन्छ । समयमा उपचार पाउने भएपछि निकै खुशी भएका छौँ । ’
वडा कार्यालय सँग सिमित वजेट हुने भएकोले जनताको सहभागितामा गरिएको बिकास कम लागत र बलियो हुने वडा अध्यक्ष आनन्द पाठक बताउँछन् । असहज सडक भएको कारण जनताले सास्ती भोगेको बताउँदै पाठक भन्छन् , ‘वडाले आवश्यक सिमेन्ट उपलब्ध गराउने भएपछी यहाँका जनता जागरुक हुनुभएको छ । यो सडक नगर भित्रकै नमुना सडक बन्नेछ । ’ मर्मत सम्भार कोषबाट रहेको ८ लाख मध्येबाट खर्च गरिने पाठकले बताए ।

वालिङ—१३ , बोधिभञ्ज्याङका युवाहरु ढुङ्गा छाप्दै ।

वडा कार्यालयको करिव २५० बोरा सिमेन्ट खर्च हुने उपभोक्ता समितिको अनुमान छ । खोलाबाट ढुङ्गा बालुवा निकाल्ने र जनश्रमदान बाट ढलान सम्पन्न गरिने समितिका अध्यक्ष अर्पण थापाले बताए ।
उनले भने , ‘लकडाउनले गाउँ फर्केका युवा र घरमा फर्सदिलो भएका परीवारको श्रमदानले यो बाटो सम्पन्न गर्नेछौँ । ’ यो सडक सम्पन्न भएसँगै विद्यालय आउने शिक्षक , विद्यार्थीलाइ सहज हुने थापाको भनाइ छ । गाउँमा बिरामी भएकालाइ स्वास्थ्य चौकी सम्म पु¥याउन पनि यो बाटो भएकै कारण सहज हुनेमा गाउँबासी बिश्वस्त छन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.