अरुको आलोचना भन्दा आफ्नै कमीकम्जोरीको आलोचना गर्ने नेता हुन खिम थापा
थापाले गाँउपालिकामा गरेको कार्यको अनुभव लाई अब राष्ट्रिय स्तरमा जनताको सेवा गर्ने अवसर मा परिणत गर्दैछन् ।
खिम थापा विकासको भरोसा र जनताको पहिलो रोजाइ का रूपमा उभिएका छन्। काम गरेर देखाउने नेताको पहिचान बनाएका उनले लोकप्रिय गाउँपालिकाको अध्यक्षको रूपमा जनताको मन जित्न सफल भइसकेका छन्। खिम थापाको विशेषता भनेको अरुको दोष खोज्ने भन्दा आफ्नै कमजोरी पहिचान गरेर सुधार गर्ने क्षमता हो। यही गुणले उनलाई केवल नेता मात्र होइन, जनताको विश्वास र सम्मान जित्ने नेता बनाएको छ। ठूला भाषण, आक्रामक शैली वा भड्काउने शब्दभन्दा बास्तविक समाजमा के भईरहेको छ त्यसको स्पस्ट जानकारी दिने खिम थापाको राजनीतिक परिचय बनेको छ । उनले गाउँपालिका अध्यक्षको रुपमा स्थानीय जनताको भौतिक तथा सामाजिक सेवा विस्तारमा सिधै हातेमालो गर्दै काम गरेको देखिएको छ जस्ले गर्दा उनि निस्कलङकित नेताको रुपमा आफुलाई स्थापीत गर्न सफल समेत भएका छन् । दुग्ध विकास समितिको अध्यक्ष हुँदै दुई कार्यकाल कालिगण्डकी गाँउपालिकाका अध्यक्ष समेत बनेका थापा सडक निर्माण, खानेपानी कार्यक्रम, सीप तालिम र पोषणमैत्री अभियान जस्ता कार्यहरू लाई प्राथमिकता दिएर आम नागरिकको जीवनस्तर सुधार्ने प्रयास जारी राखेका नेता समेत हुन् । जुन काम प्रचार मात्र नभई यथार्थ रहेकोले कालिगण्डकी गाँउपालिकाका जनताले कालिगण्डकी गाँउपालिकामा गरेको जस्तो विकासको मोडेल देशमै शुरुवाती गर्नु पर्ने भन्दै उत्साह दिएकोले आफु निर्वाचनमा होमिएको बताएका छन् । उनी ठूला भाषण र चम्किला प्रचारभन्दा बढी क्षेत्रका वास्तविक समस्यामा हातेमालो गरेर समाधान खोज्ने नेता हुन् । किसान, मजदूर, व्यवसायी र युवा सबैसँग सहज र प्रत्यक्ष संवाद गर्न एक्सेस राख्ने खिम थापा कालीगण्डकी गाउँपालिकाको अध्यक्षका रूपमा दोहोरो कार्यकालमा निर्वाचित भई उनले स्थानीय तह नेतृत्वमा काम गर्दै गाँउपालिका महासंघको महासचिव समेत समाली सकेका उमेद्धवार हुन् । थापाले गाँउपालिकामा गरेको कार्यको अनुभव लाई अब राष्ट्रिय स्तरमा जनताको सेवा गर्ने अवसर मा परिणत गर्दैछन् ।






प्रतिक्रिया राख्नुहोस्