headline 1कृषिगण्डकी

गल्याङको जिमुहामा शित भण्डार खुलेपछि किसान खुसी

गल्याङको जिमुहामा शित भण्डार सञ्चालनमा आएपछि आलु खेती गर्दे आइरहेका कृषक खुसी हुन थालेका छन् । शित भण्डार सञ्चालनमा आए पछि यहाँका २९४ घर धुरीका आलु कृषक लाभान्भित भएका छन् । शित भण्डारण सञ्चालनमा आएपछि यहाँका कृषकले सामुहिक रुपमा आलु खेती गर्ने चासो समेत देखाएका छन् । उत्पादन भएको आलु भण्डारण गरी बेमौसमा विक्रि गर्न पाएपछि कृषक हरु लाभान्भीत भएको शित भण्डारको अध्यक्ष रुम लाल कण्डेलको भनाइ छ । विश्व बैक, नेपाल सरकार सिंचाइ तथा जलस्रोत व्यवस्थापन र आँधीखोला बहुउदेश्यीय पानी उपभोक्ता सस्थाको एक करोड सत्र लाख त्रिचालीस हजार पाँच सय पचहत्तर रुपयामा शित भण्डार निर्माण गरिएको हो । यहाँ भण्डारण गरेको आलु स्तरिय भएकोले माग बढ्दै गएको कृषकको भनाइ छ । आलुको माग बढदै जान थालेपछि सामुहिक रुपमा आलु खेती गर्नेको संख्यामा बृद्ध गर्ने योजना रहेको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको भनाइ छ । बेसीजनमा आलु विक्रि गर्न पाएपछि स्थानिय कृषक पनि खुसी भएका छन् । आलु खन्ने समयमा आलु बेच्न बाध्य भएका कृषक आफुलाइ पैसा आवश्यकता पर्दा बेच्न पाएपछि खुसी भएको कृषकको भनाइ छ । भण्डारण गरेको आलु बिषेश गरि विउ आलुको रुपमा ११ वटा जिल्लामा निर्यात गर्दे आइरहेको कृषकको भनाइ छ । १५० मेट्रिक टन भण्डारण क्षमता रहेको शित भण्डारणमा प्रति केजी ७ रुपयाका दरले जो कोही कृषकले पनि भण्डारण गर्न सक्नेछन् । शित भण्डारणको सुरुवातीले जसरी यहाँका कृषक उत्साहीत बन्दै उत्पादनमा लाग्न थालेका छन्

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.