युवा नेता शेषकान्त पुरी द्धरा चापाकोटका विद्यार्थीलाई न्यानो कपडा वितरण

मेरो दृष्टि सम्बादाता मंसीर १९,वालिङ

नेपाली कंगेसका युवा नेता शेषकान्त पुरीले चापाकोट स्थीत बैडिका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । चापाकोट घर भई हाल काठमान्डुमा व्यवसाय गर्ने पुरीले घर फर्केको बेला जाडो समयलाई मध्यनजर गर्दे बैडिका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । कक्षा १ देखि १० कक्षा सम्म अध्यापन हुने बैडि माध्यमिक बिद्यालयमा पुगेका पुरीले आफ्नो भावनात्मक नाता यस विद्यालय संग जोडिएको हुँदा एक लाख बराबरको न्यानो कपडा बितरण गरेको पुरीको भनाई छ। राजनितिक सहित सामाजिक कार्यमा रुची राख्ने पुरीले आफ्नो व्यवसाय बाट गरेको आम्दानीको केही अंस सामाजिक कार्यमा खर्चदै आईरहेका छन् । पछिल्लो समय पुरी चापाकोट क्षेत्रमा सामाजिक क्षेत्रलाई समेट्दै नेपाली कंग्रेसको नेतृत्व गर्ने लोकप्रिय नेता समेत हुन् । समाज सेवा सगै राजनीतिक यात्रालाई सगँसगै अगाडि बढाएका पुरी जिल्लामा हुने प्राकृति विपत्ति देखि खेलकुद, शिक्षा, रोजगार लगायतका क्षेत्रमा सहयोगी बन्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.