कस्तो हुनुपर्छ पत्रकारीताको कर्म र धर्म

भदौ १७

पत्रकारको क्षमता र सफलता भनेको सूचना खोज्नु, पत्ता लगाउनु र सार्वजनिक गर्नु हो । पत्रकार कुनै पनि विषयको विज्ञ होइन । उसले कुन कुरा ठीक र बेठीक भनेर छुट्टाउने होइन । जे घटना र तथ्य छ, त्यही सार्वजनिक गर्ने हो । घटना र तथ्य विश्वमा कति हुन्छन् कति । जुन तथ्य समाचार बन्न योग्य छन्, त्यही तथ्यलाई लिने हो । समाचार बन्नका लागि धेरै मानिसलाई जानकारी नभएको नयाँ लाग्ने तथ्य हुनुपर्छ ।

अन्तिम सत्य के हो रु कसैलाई थाहा हुँदैन । उपलब्ध तथ्यका आधारमा अहिलेसम्मको सत्य यो हो भनेर मान्नुपर्छ । त्यसैले पत्रकारको काम तथ्यहरु सार्वजनिक गर्दै जाने हो, सत्य यही हो भनेर निष्कर्ष निकाल्ने होइन । कुन घटना र तथ्य समाचार हुन्छ भनेर थाहा पाउने गुण पत्रकारमा हुनुपर्छ । अडियन्सको रुचि चिन्नु नै पत्रकारको गुण हो । जुन तथ्य समाचारका रुपमा सार्वजनिक गरिन्छ, त्यसको अडियन्स नै भएनन् भने पत्रकारको प्रयास व्यर्थ हुन्छ ।घटनालाई कुन कोणबाट हेर्दा समाचार बन्छ भन्ने गुण पनि पत्रकारमा हुनुपर्छ । एउटै घटना कुनै पत्रकारले महत्वपूर्ण समाचारको रुपमा देख्न सक्छ, कुनैले सामान्य समाचार र कुनैले समाचार नै होइन भन्न सक्छ । समाचार बनाउने नाममा घटनालाई तोडमोड गर्न भने पाइदैन । कतिपय घटना अर्को घटनासँग लिंक भए मात्र समाचार हुने खालका हुन्छन् । जुन पत्रकारलाई अर्को घटनाबारे पनि जानकारी छ, उसका लागि मात्र त्यो समाचार हुन सक्छ । पत्रकारले घटना वा तथ्य आफैं सिर्जना गर्न पाउँदैन । उदाहरणका लागि सवारी दुर्घटनाको समाचार बनाउन सम्भावित दुर्घटनास्थलमा लामो समय उभिएर दृश्य खिचिराख्न मिल्छ रु पत्रकारको एउटा भूमिकाका सम्बन्धमा सधैं विवाद हुने गर्दछ । दुर्घटनामा परेको मानिसको उद्दार गर्ने पहिलो प्राथमिकता कि घटना अवलोकन गर्ने रु

युद्ध र आन्दोलनका बेला घाइतेको उपचार र उद्दार गर्ने अर्को समूह हुने हुँदा पत्रकारले अवलोकन मात्र गर्दा पनि कुनै विवाद हुँदैन । तर, अप्रत्यासित वा एक्कासी हुने घटनाको सम्बन्धमा पत्रकारको भूमिका पहिले कि मानवको भूमिका पहिले रु पत्रकार जुन कुनै समय पत्रकारको भूमिकामा रहन्छ वा रहँदैन रु यो प्रश्न उनुत्तरित रहेको छ ।

पत्रकारको मूल धर्म नै निष्पक्षता र निरपेक्षता हो । पत्रकारले पीडितको पनि पक्ष लिनुहुँदैन । यो धर्म पालना गर्दा दुर्घटनामा पनि कठोर ह्दय बनाउनुपर्ने हुन्छ । पीडित र पीडक भनिएका दुवै पक्षका भनाइ समाचारमा समावेश हुनुपर्छ । पीडित र पीडक छुट्टाउने अधिकार न्यायलयलाई मात्र हुन्छ, पत्रकारलाई हुँदैन ।

घटना र तथ्य धेरै हुन्छन् । त्यसमध्ये कुन कुन घटना र तथ्यलाई समाचारको रुपमा प्रस्तुत गर्ने भन्ने सम्बन्धमा पत्रकारले पूर्वाग्रह र बदनियत राख्ने सम्भावना हुन्छ । यहींनेर व्यावसायिक धर्मको महत्व हुन्छ । समाचार जहिले पनि सन्तुलित हुनुपर्छ ।

कुनै घटना र तथ्यले कुनै पक्षलाई आरोप लागेको वा असर परेको छ भने दोस्रो पक्षलाई पनि समेट्नुपर्छ । उदाहरणका लागि निषेधाज्ञा उल्लंघन गरेका भनी व्यक्तिहरुलाई प्रहरीले कारबाही गरेको छ । उल्लंघन गर्नेलाई कारबाही गरेको भनेर समाचार लेख्नु धर्मविपरीत हो । प्रहरीले कारबाही गरेका मानिसलाई पनि सोध्नुपर्छ ।

सत्यतथ्य समाचार प्रस्तुत गर्नु मात्रलाई पत्रकारको धर्म मानिंदैन । निष्पक्षता र सन्तुलन हुनैपर्छ । विभिन्न धारका सत्यतथ्य हुन्छन् । एउटा धारको मात्र तथ्य प्रस्तुत गर्दा पत्रकारले झुटो समाचार दिएको त देखिंदैन तर वास्तवमा उसले धर्म निर्वाह गरेको हुँदैन । समाचार सामग्री समावेशी पनि हुनुपर्छ । विभिन्न स्थानमा मानिसहरुका विभिन्न प्रकारका पीडा र समस्या हुन्छन् । ती सबैको प्रतिनिधित्व गराउन प्रयत्न गर्नुपर्छ । पत्रकारिता आवाजविहीनहरुको आवाज हुनुपर्छ ।

अहिले कोरोना भाइरसका नाममा विश्व स्वास्थ्य संगठनको सिफारिशमा विश्वका विभिन्न सरकारले नागरिकका मौलिक अधिकारहरुमा रोक लगाएका छन् । सञ्चार माध्यम र पत्रकारहरुले विश्व स्वास्थ्य संगठनले भनेको सत्य हो भन्ने पूर्वाग्रह राखेर समाचारहरु प्रस्तुत गरिरहेका जस्तो देखिन्छ ।

पत्रकार आफैं भाइरस, शरीर विज्ञान र पोषण विज्ञानका विज्ञ होइनन् । उनीहरुले विश्व स्वास्थ्य संगठनको भनाइलाई तथ्यका रुपमा मात्र प्रस्तुत गर्ने हो, सत्यका रुपमा होइन । यसका सन्दर्भमा फरक तथ्य, तर्क र विचार राख्ने वैज्ञानिक र चिकित्सकहरु पनि विश्वमा धेरै छन् । उनीहरुको भनाइलाई निषेध वा न्यून स्थान दिइएको जस्तो देखिन्छ ।

कोरोनाको कारण एक जना मानिसको मृत्यु हुँदा वा एक जना निको हुँदा प्रमुख समाचार बनाउनु पत्रकारिताको धर्म, व्यावसायिकता र आचार संहिता विपरीत छ । अन्य मृत्यु वा निको एक कोलमका सामान्य समाचार हुन्छन् भने यसको भार कसरी बढी हुन्छ रु

समाचारमा दुर्घटनाको दृश्य देखाउन र यसरी मृत्यु भयो भनेर वर्णन गर्नु हुँदैन । अडियन्समा मनोवैज्ञानिक असर नपरोस् भनेर यो आचारसंहिता लागू भएको हो । तर कोरोनाको सम्बन्धमा सञ्चार माध्यमहरुले मान्छे छटपटाएका भिडियो प्रशारण गरे । शब्दको प्रस्तुतीबाट त्रास सिर्जना गरिरहेका छन् ।

सबैको विचारलाई समान स्थान दिने त हो तथापि पत्रकारले छनोट पनि गर्नुपर्छ । छनोट गर्दा कुन सत्य र कुन असत्य भन्ने आधारमा छनोट गर्ने होइन । तथ्यपरक छ र जनरुचि हुन्छ भने स्थान दिनुपर्छ ।

सर्वसाधारणको चेतनास्तर अनुसार कतिपय विचारहरु सेन्सर गर्नुपर्ने हुन्छ । कुनै विचार सार्वजनिक गरिदिंदा मानिसहरु साप्रदायिक हिंसामा उत्रिहाल्ने प्रबल सम्भावना छ भने त्यसलाई सेन्सर गर्नुपर्छ । सेन्सर गर्न खोज्दा पनि निष्पक्षता, सन्तुलन र समावेशी कायम होस् भन्नेमा चनाखो रहनुपर्छ । यस्तो विषयमा निर्णय लिन पत्रकारलाई गाह्रो पर्छ किनकि पत्रकार समाजशास्त्री वा मनोवैज्ञानिक होइनन् ।

पत्रकारिता समाजको दर्पण बन्ने प्रयास गर्नुपर्छ । तर, पूर्णत दर्पण हुन सक्दैन । एउटा सञ्चार माध्यमले छुटाएको सूचना अर्कोले समेट्छ । एक सञ्चारकर्मीबाट अपूरो भएको सूचना अर्को सञ्चारकर्मीको प्रयत्नबाट परिपूर्ति हुन सक्छ । यही आधारमा सञ्चार माध्यम र सञ्चारकर्मीहरुबीच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाले सबैलाई अब्बल बनाउन दबाब र प्रेरित गर्दछ ।

पत्रकार पूर्वाग्रही नहुँदैमा पत्रकारिताको धर्म निर्वाह हुँदैन । समाजलाई अपाच्य र इमोसनको कारण हुने क्षति नहोस् भन्नका लागि मात्र सेन्सर प्रयोग गर्ने हो । अन्जानमा अन्यत्र पनि सेन्सर प्रयोग हुँदा आम नागरिकमाथि अन्याय हुन जान्छ । यसतर्फ सञ्चार जगतले विचार पुर्‍याउनुपर्दछ ।

९लेखक त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चारमा स्नातकोत्तर हुन् ।०

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.