पुर्वधारको तयारी गरे संगै हरिनास गाँउपालिकाले महिमा माविमा राष्ट्रपति रनिङ शिल्ड शुरु गर्ने

स्याङजाको हरिनास गाँउपालिकाले सातौ राष्ट्रपति रनिङ शिल्ड शुरु गर्ने भएको छ । स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ गाँउपालिकाले आगामी पौष ३ देखि ५ गते सम्म सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गर्ने तयारीमा रहेको हरिनास गाँउपालिकाका अध्यक्ष खिम नारायण मानन्धरको भनाई छ । मानन्धरको अनुसार बिगतको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नं ६ क्यक्मी स्थीत पितम्बर माविमा गरिदै आईरहेता पनि यस पटक भौतिक पुर्वधारको तयारी रहे संगै वडा नं ३ स्थित महिमा माध्यमिक विद्यालयको प्राङगडमा प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष मानन्धरको भनाई छ । नयाँ स्थानमा गई प्रतियोगितामा भाग लिन पाँउदा विद्यार्थीहरुलाई पनि थप सिकाई हुने बताउँदै अध्यक्ष मानन्धरले खेलमैदानको भौतिक पुर्वधारमा सुधार गरि गाँउपालिका धुम्ती रुपमा राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । बिगतको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ ओटा विद्यालय समावेश गराएको गाँउपालिकाले यस बर्ष भने पुर्व तयारी गरी १२ विद्यालयलाई प्रतियोगितामा समाबेस गर्ने तयारी गरेको अध्यक्ष मानन्धरको भनाई छ । तिन दिन सम्म चल्ने प्रतियोगितामा २४ ईभेन्टका खेल खेलाईने प्रतिस्पर्धामा उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरुलाई प्रदेश स्तरीय खेलकुद विकास समितिको सिफारिसमा केन्द्र स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विभिन्न खेलकुद प्रतियोगितामा सहभागी गराईने हरिनास गाँउपालिकाका प्रवत्ता ओम सिग्देलको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.