headline 1गण्डकी

एक पालिकालाइ साताको २ दिन : मालपोत सेवा

ग्रामीण भेगबाट आउने सेवाग्राहीको चाप भएपछि मालपोत कार्यालय वालिङले कोरोना संङक्रमणको रोकथाम गर्न सतर्कता अपनाइएकाे हाे । ।

मे.दृ संवाददाता
स्याङ्जा , असोज १
प्रसाशनिक सेवा केही खुकुलो भएसँगै बजार क्षेत्रमा आवतजावत गर्ने सर्बसाधारणको संंंख्या बढ्न थालेको छ । प्रशासन , मालपोत र नापी कार्यालयमा आउने सेवाग्राहीको भिडभाड देखिन थालेको छ । यस्ता भिडभाडमा कोरोना संङक्रमणको रोकथाम गर्न सतर्कता अपनाइएको छ ।
मालपोत कार्यालय वालिङले एक पालिकालाइ साताको २ दिन सेवा प्रवहा गरेको छ । जग्गा सम्बन्धी काम लिएर आउने सेवाग्रहीको अत्यधिक भिडभाड हुन थालेपछि प्रत्येक पालिकालाइ वार छुट्टयाएर सेवा प्रदान गरिएको मालपोत कार्यालय वालिङका प्रमुख रबीन अधीकारीले बताए । उनले भने ,‘हामिले बैशाख बाट नै सेवा प्रवाहलाइ सहज बनाएका थियौँ तर लकडाउन खुलेपछी ग्रामीण क्षेत्रका सेवाग्राहीको चाप बढेको हो । ’

सेवाग्राहीलाइ सेवा प्रदान गर्दै मालपोत कार्यालय वालिङका प्रमुख रबीन अधीकारी ।

सवारी साधन चल्न थालेसँगै ग्रामीण भेगबाट आउने सेवाग्राहीको चाप भएपछि मालपोत कार्यालय वालिङले कोरोना संङक्रमणको रोकथाम गर्न सतर्कता अपनाएको हो । सेवाग्रहीले टोकन प्रणालीमा सेवा लिएका छन् । एक पटकमा २ जना सेवाग्राहीलाई मात्र कार्यालय भित्र प्रवेश गराइएको छ ।
७ वटा पालिकाका सेवाग्राहीले सेवा लिने यस कार्यालयमा अहिले रोक्कमा फुकुवा , रजिष्ट्रेशन पास , संशोधन लगाएतका काम भैरहेको भएपनी नामसारी र अशंवन्डाको कार्य भने रोकिएको छ । एउटा नामसारी र अशंवन्डा गर्न धेरै जना आउनुपर्ने भएकोले एक हप्ताको लागि यो सेवा रोकिएको कार्यालयले जनाएको छ ।
आइतवार— सोमबार वालिङ र भिरकोट नगरपालिकाकाको सेवाग्राहीलाइ सेवा प्रदान गरिएको छ । यसैगरि
मगलबार—बुधबार चापाकोट नगरपालिका , विरुवा र हरिनास गाउँपालिकालाइ तोकिएको छ भने बिहीबार —शुक्रबार गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाको सेवाग्राहीलाइ सेवा दिइएको छ ।
लकडाउन अगाडी मासिक ४० देखि ५० लाख राजश्व सङकलन हुने मालपोत कार्यालय वालिङमा भदौको महिनामा १२ लाख उठेको थियो । कोरोना रोग जोखिम कायमै हुँदा सहज रुपमा खोलिएका यस्ता कार्यालयले मात्र होइन कोरोना रोगबाट बँच्न सेवाग्राहीले समेत सतर्कता अपनाउन आवश्यक देखिन्छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.