सुशील सुवेदी
स्याङजा , असोज ०३
जनतामा सर्बाधिकार सम्पन्न संविधान आएको खुशियालीमा स्थानीय स्तरमा पनि यसको कार्योन्वयन र स्वागत सहित संविधान दिवस मनाइएको छ । देशभर यो दिवस मनाइरहँदा स्याङ्जामा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाललाइ आध्यात्मिक राज्य बनाउन आवश्यक रहेको बताउँदै विश्व हिन्दु महासंघ स्याङ्जा शाखाले संविधान दिवस मनाएको महासंघका केन्दि«य सदस्य नेत्र पराजुलीले बताए । यसै सन्दर्भमा विश्व हिन्दु महासंघ स्याङ्जा शाखाले पंतञ्जली योग पिठ भवनमा संविधान दिवस दिप प्रज्वलन गरेर मनाएको छ । सोही अवसरमा जगत कल्याणका लागि वैदिक सनातन धर्म नामक पुस्तक लोकार्पण पनि गरिएको थियो ।
नेपालको संविधान २०७२ ले ३१ वटा मौलिक हकलाइ सुनिश्चित गरेको छ । संविधानमा सुनिश्चीत गरिएका कतिपय हक अधिकारको कानुन निर्माण भएर कार्योन्वयनमा छन् भने कतिपय कानुन निर्माणधीन छन् । संविधान जारी भएको ५ बर्ष बितेर ६ बर्ष लाग्दै गर्दा निर्माणधीन कानुन निर्माण गर्दै सरकारले जनतालाइ मौलिक अधिकार प्राप्तीको महशुष दिलाउनुपर्ने राजैनितक बिश्लेसक मुक्ति प्रशाद सुवेदीले बताए ।
लोकार्पाण कार्यक्रममा महासंघ जिल्ला कार्य समितिका अध्यक्ष हरिहर पाण्डेले हिन्दु सनातन हिन्दु धर्म पुरानो धर्म भएको कारण धार्मीक स्वतन्त्रता आजको आवश्यक्ता भएको बताए । सोही अबसरमा जिल्ला कार्य समितिका कोषध्यक्ष मैयादेबी पौडेल , उपाध्यक्ष दिपेन्द« तिवारी , सल्लाहाकार हुमकान्त कोइराला र भुपराज बगालेले धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन पदम पाण्डेले गरेका थिए ।