headline 1देशमोफसल

युवा उद्यमी शेषकान्त नेपाली जनसम्पर्क समिति समन्वय विभागको केन्द्रीय सदस्यमा मनोनित

असोज ७ मेरो दृष्टि सम्बादाता

 नेपाली कांग्रेस स्याङ्जाका युवानेता, युवा उद्यमी शेषकान्त पुरी कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति समन्वय विभागको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो मनोनित गरेका ३४ जनाको लिष्टमा युवानेता पुरी पनि छन् ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोशिएशनका सल्लाहकार समेत रहेका पुरी स्याङ्जाका तरुणहरुका ढुकढुकी , समाजसेवी र बौद्धिक युवा उद्यमीका रुपमा पनि परिचित छन् । स्याङ्जाली जनताका लागि सदा सहयोगी हातहरु फैलाईरहने युवानेता पुरीको मनोनयनलाई लिएर देशविदेशमा रहेका स्याङ्जालीहरुमा खुशी छाएको छ र उनलाई बधाई र शुभकामना दिनेहरुको ओईरो लागेको छ ।

जनताको लोकतान्त्रिक अधिकार प्राप्तिको अभियानमा मरिमेटेर लागेका पुरीको मनोनयनलाई लिएर स्याङ्जाली तरुणहरुले गौरवको अनुभुति गरेका छन् । आगामी दिनमा उनले पाएको महत्त्वपूर्ण जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्दै समग्र स्याङ्जा कांग्रेसको राजनीतिमा कोषेढुङ्गा सावित हुँदै नयाँ आयाम थपिनेमा यतिबेला स्याङ्जालीहरु विश्वस्त रहेका छन् ।

स्याङ्जाली भनेपछि जुनसुकै विचारधाराका जनता भएपनि सहयोग गर्न लालायित हुने युवानेता पुरी जुझारु एवं कुशल संगठनकर्ताका रुपमा समेत परिचित छन् । स्याङ्जाको चापाकोट नगरपालिका स्थायी ठेगाना भएका पुरी सफल मेनपावर व्यवसायी पनि हुन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.