headline 1देशमोफसल

वालिङ विकासको लागि तिनै तहका सरकार मन्त्री अर्यालको घरमा

नारायण चापागाँइ , मंसीर ६

पछिल्लो समय सामाजिक संजालहरुमा मन्त्री र स्थानीय तहबीचमा समन्वयकारी भुमिका कम देखिएको भन्दै विभिन्न टिका टिप्पणी भएपछि भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले आफ्नै निवास वालिङ १ त्रियासीमा गण्डकी प्रदेश विधाएन सभाका सभापति मोहन रेग्मी नगरपालिकाका मेयर दिलिप प्रताप खाँड उपमेयर कल्पना तिवारी , वडा अध्यक्षलगायत जनप्रतिनिधि, शिक्षक, राजनितिक दल, उद्योगी व्यवसायी तथा बुद्धिजिविहरुबीचको समग्र वालिङको विकासको लागि छलफल चलाउनु भएको छ । संधीय सरकार र स्थानिय सरकारको तालमेल नमिलेको कारण वालिङमा हुनु पर्ने विकास नभएको विभिन्न सामाजिक सञ्जालमा टिकाटिप्पडी हुन थालेपछि वालिङको विकासका लागि आँफू सकरात्मक रहेको बताउदै सरकारको स्पिड अनुसार स्थानीय तहले गति लिन नसक्दा केन्द्रबाट आएका ३ करोड बढी रकम फ्रिज भएको बताउनुभयो । वालिङ १४ को मैँसी पालन, हस्पिटल, थुमपोखराको कृषि फार्म, व्याङतुङ गिरीगाउँ खानेपानी, पुर्णामृत भवनीलगायतका योजनामा पठाईएका रकम स्थानिय सरकारले समयमै खर्च गर्न नसक्दा जनताले विकासको अनुभुति गर्न नपाएको उहाँको भनाइ छ ।

यता वालिङ नगर प्रमुख दिलिप प्रताप खाँडले पद क्षणिक भएकाले कसैले फेसबुकमा लेखेको आरोप प्रत्यारोपको पछाडि लाग्न नहुने बताउनु भएको छ । कार्यक्रममा बोल्दै खांणले संघीय सरकार र स्थानिय सरकारको सम्बन्धमा फाटो ल्याउन क्षणीक आनन्द लिने हरुले फेसबुकमा लेखेको भरमा संधीय सरकार संग सम्बन्ध नट्ट्ने उहाँको भनाइ छ । वालिङ विकासको लागि आफु पद्मा रहन्जेल संधिय सरकार संग हातेमाले गरेरै अगाडी बढ्ने प्रतिबद्धता गर्दे खाँडले भैँसीपालनका लागी आएको बजेट ढिला निकासा हुँदा रकम फ्रिज हुन पुगेको बताउनुभयो ।
खांणले तिनै तहको सरकारबीचमा समन्वयकारी भुमिका रहे मात्रै वालिङको विकास हुन सक्ने उहाँको भनाइ थियो ।
त्यस्तै उपप्रमुख कल्पना तिवारीले सामाजिक संजालमा भएका हल्लाको कुनै तुक नरहेको भन्दै तिनै तहको सरकारको सकरात्मक सम्बन्ध देख्न नचाहेकाले त्यस्तो तथ्यहिन आधारहित हल्ला गरेको बताउदै विकास निर्माणमा छलफल बाटै अगाडी बढेको बताउनुभयो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.