headline 1गण्डकी

पारिवारिक घुमाईको गन्तव्य बन्दै बाहुनथान

तत्कालीन बाघखोरे राजा हिक्मत बहादुर खाँणको अल्पायुमै मृत्यु भएपछि बाघखोरे रानीले यो जग्गा गौचरनको निम्ति छाडेको विश्वास छ । अहिले यो ठाउँ अन्तरिक पर्यटकको रोजाई बन्न थालेको हो ।

सुशील सुवेदी
स्याङ्जा , मङ्सीर १८ ।
कोरोना महामारीको कारण घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण यतिबेला प्राकृतिक गन्तव्य खोज्न थालेका छन् । ९ महिनादेखि त्रासमा बसेका सर्वसाधारण परिवार सहित नजिकैको पर्यटकीय क्षेत्र घुम्ने र रमाउनेको संख्या ह्वात्तै बढ्न थालेको छ ।
स्याङ्जाको वालिङ ११ मा पर्ने बाहुनथान यतिबेला पारिवारीक घुमघामको लागि राम्रो गन्तब्य बनेको छ । सिद्धार्थ राजमार्गबाट नजिकै पर्ने र वालिङ पिङ्क सिटीको मनोरन दृश्य देखिने भएकोले बाहुनथान अन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
यो ठाउँ ऐतिहासिक ठाउँ पनि भएकोले यसको महत्व अझै बढेको छ । तत्कालीन बाइसे चौबीसे राज्यको गह्रौँकोट राज्यका बाघखोरे राजा हिक्मत बहादुर खाँणले यस राज्यमा शासन गर्दथे । यस क्षेत्रमा खाँण परिवारले पुजा आजा गर्ने खाँणदेवीको मन्दिर पनि थियो । यहाँ पुजा गर्ने पुजारी गैह्रे ब्रामण थिए । हाम्रो समाजमा ब्रामणलाई बाहुन भनिने प्रचलन छ । बाहुनले पुजा गर्ने क्षेत्र भएको कारण यस ठाउँको नाम बाहुनथान रहन गएको ऐतिहासिक किंवदन्ती यहाँ रहेको छ ।
तत्कालीन बाघखोरे राजा हिक्मत बहादुर खाँणको अल्पायुमै मृत्यु भएपछि बाघखोरे रानीले यो जग्गा गौचरनको निम्ति छाडेको विश्वास छ । अहिले यो ठाउँ अन्तरिक पर्यटकको रोजाई बन्न थालेको हो ।
रुपन्देहीबाट घुम्न आएका राजु तिवारी भन्छन् , ‘राजमार्गबाट नजिक रहेको हिमश्रृङ्खला र वालिङ पिङ्क सिटी एकैसाथ देख्न सकिने निकै आनन्द महशुस गरेँ । ’ तिवारी जस्तै फुर्सदको समय निकालेर यस क्षेत्र घुम्न आउनेको संख्या दिनानुदिन बढेको छ ।
ऐतिहासिक महत्व समेत बोकेको यस क्षेत्रबाट देखिने हिमश्रृङखलाको दृश्य , प्याराग्लाइडिङ , नागबेली आँधिखोला र वालिङ बजार निकै मनमोहक देखिने कारण यहाँ बिदाको दिन अझै भिडभाड हुने गर्दछ । बाहुनथानमा रहेको एउटा मात्रै स्वामीको रुखले पर्यटकलाई लोभ्याउने गर्दछ ।
यस्ता क्षेत्रको प्रवद्र्धन र संरक्षण गर्न सके आन्तिरीक पर्यटनको बृद्धिसँगै वालिङ नगरपालिकाको सम्वृद्धिको आधार बन्न सक्नेछ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.