मेरो दृष्टि संवाद्दाता
स्याङ्जा , ११ पुस
गण्डकी प्रदेश बिधायन समितिका सभापति मोहन रेग्मीले प्रदेश सरकार तिन खम्बे अर्थनितिलाई आत्मसाथ गर्दै अघि बढेको बताएका छन् ।
वालिङस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सभापति रेग्मीले सरकारी, सहकारी र नीजि क्षेत्रको पुँजीलाई एकिकृत गर्दै जनताले चाहेको विकास र समृद्धिलाई प्राप्ती गर्न प्रदेश सरकारले आधार तयार गरेको बताए ।
सहकारी मार्फत जनताको मुहारमा हाँसो छर्ने अभियान स्वरुप प्रदेश सरकारले सहकारी ऐन निर्माण गरिएको बताउँदै रेग्मीले भने , ‘ जनताले अपेक्षा गरेको संघीय लोकतान्त्रिक नेपालकोे सुखी नेपाली र समृद्ध राष्ट्र बन्नको लागि हरेक नेपालीको अनुहार हँसिलो र खुशी देख्न चाहन्छौं, त्यो आर्थिक समृद्धिको बाटोमा अगाडि जानसके मात्र पूरा हुन्छ । ’
सहकारीको माध्यमबाट कृषिमा लगानी गर्ने अभियानमा आँपूm रहेको बताउँदै सभापति रेग्मीले सहकारीको माध्यमबाट गाउँका जनताहरुलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने बताए ।
२०५० सालमा स्थापना भएको सहकारीले प्रधान कार्यालय वालिङमा शनिबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । वालिङ ८मा सुविधा सम्पन्न आप्mनै भवनमा प्रधान कार्यालय रहेको सहकारीले वालिङ बजार, बायँटारी, कालीगण्डकी गाउँपालिकाको मिर्मी र चापाकोट नगरपालिकाको दामाचौरमा गरी ४ वटा सेवाकेन्द्रका साथै वालिङ ७ केवरेमा सदस्य सम्पर्क कार्यालय सञ्चालन गरिसकेको छ ।
कोभिड १९ को महामारीका कारण आप्mना सदस्यहरुको स्वास्थ्यको ख्याल गर्दै यहि पुष १ देखि १० गतेसम्म शेयर सदस्यको घर घरमै पुगी राय सँकलन गरेको सहकारीले सेवाकेन्द्रहरुबाट प्रतिनिधीमूलक उपस्थितिमा साधारणसभा सम्पन्न गरेको हो ।