स्याङ्जा,माघ १
नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको दशौँ साधारण सभा स्थगित भएको छ । प्रेस संगठन स्याङ्जा शाखाले महासंघको केही निर्णयलाई आपत्ती जनाएसँगै शाखाको साधारण सभा स्थगित भएको हो । स्याङ्जा शाखाको १२ औँ बैठकले माघ १ गते वार्षीक साधारण सभा गर्ने निर्णय गरको थियो ।
प्रेस संगठन स्याङ्जा शाखाले बिज्ञप्ति जारी गर्दै नयाँ सदस्यता सिफारीस , अदालतले दोषी ठहरयाएको व्यक्तीलाई पुरस्कृत गर्ने निर्णय प्रति आपत्ती जनाएको हो ।
नेपाल पत्रकार महासंघ स्याङ्जाको भवन निर्माणार्थ जग्गा उपलब्ध गराएको जग्गादातालाई कार्यक्रममा निमन्त्रणा नगरेर आँफूखुसी राजनैतिक व्यक्तीहरुलाई कार्यक्रममा बोलाएर सभा गर्न खोजिएको प्रति पनि संगठनले आपत्ती जनाएको छ ।
साधारण सभा गर्न भनिएको भएपनि साधारण सभाको व्यानर परिवर्तन गरेर स्याङ्जाको पत्रकारिता र हाम्रो दायित्व विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।
मर्यादित , स्वच्छ र स्वथ्य पत्रकारिता आजको आवश्यक्ता रहेको बताउँदै पत्रकारिताको मुल्य र मान्यता अनुशार क्रियाशिल रहनुपर्ने नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल , जनपत्रकार संगठन नेपालका निबर्तमान अध्यक्ष प्रकाश डुम्रे लगाएतले जिल्ला भित्रको पत्रकारिता क्षेत्र फुटेर नभई जुटेर अगाडि बढ्नुपर्ने बताए ।
संगठनको विज्ञप्ति माथी छलफल गरेर महासंघको १३ औँ बैठकले स्थगीत साधारण सभाको मिति तय गर्ने नेपाल पत्रकार महासंघका सचिव सुशील सुबेदीले बताए । उनले भने , ‘संचारकर्र्मीको छाता संगठन महासंघ हो । जिल्लाको समस्या महासंघले नै समाधान गर्नेछ । ’