स्याङ्जा , ०९ फागुन
प्रेस संगठन नेपाल स्याङ्जा शाखाले जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम कालीगण्डकी गाउँपालिकाको धार्मिक तथा पर्यटकिय स्थलमा सम्पन्न गरेको छ । लामो समयको कोरोना महामारीको कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उकासिदै जाँदा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले जलयातायात ( स्टिमर ) मा भेलाको आयोजना गरिएको हो ।
प्रेस जगतमा देखिएका समस्या र पछिल्लो राजनैतिक घटनाक्रमले संचार क्षेत्रमा पारेको असरको विषयमा छलफल गरिएको संगठनका संयोजक मुक्ति प्रसाद न्यौपानेले बताए ।
शनिबार कार्यक्रमको उद्धघाटन गर्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पत्रकारहरु समाज परिवर्तनका सम्बाहक भएको बताए । उनले भने , ‘पत्रकारले सम्प्रेशण गरेको एउटामात्रै समाचारले सत्ता परिवर्तन गर्नसक्छ त्यसैले सञ्चार माध्यम राज्यको महत्वपूर्ण अङ्ग रहेको छ । ’
समाचारको माध्यमबाट समाजका गतिविधि जनसमक्ष पुग्ने भएकाले समाजमा भएका कमी कमजोरीहरुलाई औंल्याउँदै राम्रा र सकारात्मक कुराहरुलाई सम्प्रेशण गर्न अध्यक्ष थापाले आग्रह गरे ।
कार्यक्रममा प्रेस संगठन नेपाल गण्डकी प्रदेश संयोजक शुष्मा पौडेलले पत्रकारहरुका पनि विविध समस्याहरु रहेको बताउँदै यसमा सम्बन्धित क्षेत्रहरुले समन्वयकारी भूमिका खेल्नुपर्ने बतईन् । जलयात्रा गर्दै स्टिमरमा गरिएको ऐतिहासिक भेला स्याङ्जा शाखाले गरेकोमा धन्यवाद व्यक्त गरिन् ।
भेलामा जिल्ला भरिका १८ बढी प्रेस संगठनमा आवद्ध क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो । उक्त भेला तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितका उपाध्यक्ष दिलीपकुमार बगाले, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पारस गैह«े, नेपाल कम्युनिष्ट पार्टी नेकपा वालिङ नगर कमिटी संयोजक राजेन्द्र डुमे्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।