headline 2गण्डकीस्वास्थ्य

स्याङ्जामा जेठ १५ सम्म थपियो निषेधाज्ञा : हलेदे गाउँ सिल

प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले भने , ‘हामीले थप कडाईको साथ म्याद थप गरेका छौँ , अनावश्यक हिँड्ने र भिडभाड गर्नेलाइ कार्बाही समेत गर्छाैँ । ’

सुशील सुवेदी
स्याङ्जा , वैशाख ३०

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेठ १५ सम्म निषेधाज्ञाको म्याद थप गरेको छ । नयाँ भेरियन्ट सहित कोभिड १९ को संङ्क्रमण दर जिल्लामा उच्च रहेको भन्दै निषेधाज्ञाको म्याद थपिएको प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बताए । ‘हामीले थप कडाईको साथ म्याद थप गरेका छौँ , अनावश्यक हिँड्ने र भिडभाड गर्नेलाइ कार्बाही समेत गर्छाैँ । ’ नेपालले भने , ‘विवाह ब्रतबन्ध जस्ता कार्यले सङ्क्रमण फैलिएको छ । त्यस्ता कार्य गर्नै परे १५ जना भन्दा बढी सहभागी नहुने गरी स्वास्थ्यको मापदण्ड अपनाउनुपर्नेछ ।’

यसअघि जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठक अनुसार वैशाख ३१ सम्म मात्र निषेधाज्ञा तोकिएको थियो । तर जिल्लाभित्र सङ्क्रमितको संख्या ५०० नाघेको कारण थप कडाई गरिएको हो । यस्तै बुधबार पुतलीबजार नगरपालिकाको ६ नं वडा मा रहेको टक्सारको हलेदे गाउँलाई सिल गरिएको नगरप्रमुख सिल गरिएको छ । मंगलबार टंक्सारको हलेदे गाउँमा पिसिआर रिपोर्टमा २७ जनालाई कोरोना संङ्क्रमण पुष्टि भएपछि बुधबारबाट लागु हुने गरी १० दिनलाई सिल गरिएको हो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.