वालिङ नगरपालिका वडा नं ८ निवासी शान्ति अर्यालले स्वर्गिय श्रीमान ज्ञान प्रसादको अर्यालको सम्झनामा कोभिड(१९ को न्यू भेरियन्टबाट संक्रमित नागरिकको उपचारको निम्ति सहयोग पुय्राउने उदेश्यले चेक हस्तान्तरण गर्नु भएको छ । अर्यालले आज वालिङ नगरपालिका नगर प्रमुख दिलिप प्रताप खाँड र प्रशासकीय अधिकृत राजन भट्टराई लाइ नगरपालिकाको कार्यालयमै भेटेर एक लाख एक सयको चेक हस्तान्तरण गर्नु भएको हो । शान्तिm अर्यालको अनुसार छोराहरु सुशिल अर्याल र मनोज अर्यालको संयुतm आग्रह र सहयोगमा आफुले सहयोग गरेको भनाइ छ । विषम परिस्थितिमा मानविय सेवा नै ठुलो सेवा रहेकोले यस्ता बेला सेवा गर्दा धर्म प्रप्ती हुने विश्वासमा आफुले सहयोग गरेको अर्यालको भनाइ छ ।