कालीगण्डकी रित्तो भकारी थियो,भर्ने आशामा छौ, भरेरै छाड्छौ : उपाध्यक्ष सावित्रा कोईराला

माधब गैह्रै बैसाख २३,वालिङ ।

स्याङजाको कालीगण्डकी गाउँपालिकाले पूर्ण खोपको सुनिश्चितता र दीगोपनाको लागि प्रतिबद्धता व्यक्त गरेको छ । गाँउपालिकाले पूर्ण खोप निर्देशिका बमोजिमका सुचकहरु पुरा गरेको अवसरमा आफ्नै प्रशासनिक भवनमा औपचारीक कार्यक्रम गर्दे पूर्ण खोपको सुनिश्चितता र दीगोपनाको लागि प्रतिबद्धता व्यक्त गरेको हो । कार्यक्रममा बोल्दै आजका कार्यक्रमका अध्यक्ष एवं गाँउपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले गाँउपालिका महत्वकंक्षी बन्दै एकै पटक धेरै कार्यक्रम संग संगै लएकोले पालिकाले अगाडी सारेका यस्ता खाले कार्यक्रमलाई पुर्णता दिन आम नागरिक तथा कर्मचारीको साथ सहयोग आवश्यक पर्ने भएकोले सबैले आफ्नो आफ्नो स्थान बाट सहयोग गरिदिनुहुन अनुरोध समेत गर्नुभयो । स्थानीय सरकार आउनु पुर्व पालिका रित्तो भकारी जस्तो रहेको र त्यस रित्तो भकारीलाई भर्नका निम्ति उत्साहका साथ जनप्रतिनिधिहरु लागि परिरहेकोले भकारी नभरिन्जेल आफु हरु लागि पर्ने कोईरालाको भनाई थियो । कार्यक्रमलाई सम्बोधन गर्दे उपाध्यक्ष कोईरालाले आफ्नो कार्यकाल अवधिभर रित्तो भकारी भरी छाड्ने तर उत्साह भर्नका निम्ति आम स्थानीयको साथ आवश्यक पर्ने भएकोले उत्साह सहित सल्लाह सुझाब दिन आम स्थानीयलाई उपाध्यक्ष कोईरालाले अनुरोध समेत गर्नुभयो । उपाध्यक्ष कोइरालाको अनुसार गाउँपालिकामा रहेको १६ देखि २३ महिनासम्मका २४० जना बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप दिइसकेको छ । कार्यक्रममा उपाध्यक्ष कोईरालाले पुर्ण खोप सुनिश्चिततामा सहयोग पुय्राउने स्वास्थ्य चौकी र गाँउपालिका भित्रका सात वटै वडा कार्यालयहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.