headline 1गण्डकी

जिप दुर्घटनामा १ जनाको ज्यान गायो ६ घाइते

जिप बिहान ११ बजे अचानक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुशील सुवेदी
स्याङ्जा , असार २
स्याङ्जाको भीरकोट नगरपालिक ४ दर्बुङठाटीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । ग्रामीण सडक खण्डको बानेथोकबाट बयारघारी तर्फ आउँदै गरेको ग. १ ज. ४९४० नं. को जिप बिहान ११ बजे अचानक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भीरकोट ३ बस्ने वर्ष ३६ का गणेशजंग अधिकारीको उपचारको क्रममा भीरकोट नगर अस्पताल हेलुमा मृत्यु भएको हो । अन्य घाइतेहरुलाई थप उपचारको लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ रोजेन्द« अधिकारीले बताए ।

घाइते हुनेहरुमा ३० वर्षीय मनु भन्ने विकास थापा (जिप चालक) , वर्ष ४६ की प्रतिमा परियार , वर्ष ४० को रेशम परियार, वर्ष ४८ को रूक बहादुर परियार, वर्ष २८ की सोनी श्रेष्ठ र वर्ष ४० को रेशम परियार रहेका छन् ।
जिप सडकबाट अन्दाजी. ५ मिटर तल खसेको थियो । जिपमा ८ जना सवार मध्ये एक जना भने सकुशल रहेको प्रहरीको भनाई छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.