headline 1गण्डकीप्रबिधि

वडाले शुरु गर्यो विद्यार्थीको घरघरमा निःशुल्क इन्टरनेट

यहाँको निजी र सामुदायिक गरी ८ विद्यालयका एक हजार बढी घरमा नेट जडान गरिने वालिङ १३ का वडा अध्यक्ष आनन्द पाठकले बताए ।

सुशील सुवेदी
स्याङ्जा , असार २१
कोरोनाको कारण विद्यालय ठप्प बनेको १५ महिना पूरा भैसेको छ । अधिकाशं विद्यालयले वैकल्पिक शिक्षण विधिलाई अवलम्बन गरेका छन् । तर यो विधि शहरी क्षेत्रमा प्रभावकारी भएपनी ग्रामीण क्षेत्रका विद्यार्थी लाभान्वित हुन सकेका छैनन् । यही समस्यालाइ मध्यनजर गर्दै स्याङ्जाको वालिङ नगरपालिका १३ नं वडा कार्यालयले विद्यार्थी भएका घरघरमा निःशुल्क इन्टरनेट जडान गर्ने अभियान थालेको छ ।
यहाँको ५ वटा सामुदायिक , २ वटा निजी विद्यालय र १ आङ्गिक शिक्षालयमा अध्यायन गर्ने एक हजार बढी विद्यार्थीको घरमा घरमा निःशुल्क इन्टरनेट जडान गरिने वडा अध्यक्ष आनन्द पाठकले जानकारी दिए । ‘इन्टरनेट जडान निःशुल्क गरेका छौँ ’पाठक भन्छन् , ‘सक्नेले मासिक एक हजार सेवा शुल्क तिर्छन्,त्यो पनि नहुनेलाई वडाले व्यवस्था मिलाउने छ । ’
वडाले विद्यार्थी मात्र होइन शिक्षकलाई पनि प्रविधिमैत्री बनाउन अनलाइन शिक्षण विधिको तालिम प्रदान गरेको छ ।
यहाँका ८ विद्यालयका शिक्षकलाई क्षमता अभिवृद्धि गर्न तालिम प्रदान गरिएको हो । यस्त,ै यहाँ अध्यापन गराउने ६५ जना शिक्षकलाई एक शिक्षक एक ल्यापटपको अवधारणा अघि सारिएको अध्यक्ष पाठकले बताए ।


कोभिड अवधिभर वैकल्पिक शिक्षालाई अवलम्बन गर्ने र कोभिड पश्चात पनि इन्टरनेट माध्यमबाट अतिरिक्त शिक्षा प्रदान गरीने सरस्वती मा.वी का प्रअ याम ब. कुवंर बताउँछन् । कुंवर भन्छन् , ‘वडाको यो अभियानलाई हामीले निरन्तरता दिन्छौँ । विद्यार्थीले इन्टरनेटको भरपुर प्रयोग गर्नेछन् । ’
लामो समयसम्म किताब नहेरेका विद्यार्थीलाई अनलाइन कक्षाले पढ्ने बानी बसालेकोमा अभिभावक हर्षित बनेका छन् । वालिङ—१३ उदियाचौर कि अमृता सुनार भन्छिन् , ‘नानीबाबुलाई कोरोनाको जोखिम भएन , सुरक्षित भएर आफ्नै घरमा पढ्न पाउने भए । ’
वडाले इन्टरनेट प्रदायक संस्था स्याङ्जा मिडियासंग समन्वय गरेको हो । घरघरमा निःशुल्क जडान गरिएको इन्टरनेटको सही सदुपयोग हुन आवश्यक देखिन्छ ।

 

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.