भौतिक रुपमा पठन पाठन गराउने स्याङजाका ८ प्रअ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङजाको टोलीले स्याङजा जिल्ला भरी भौतिक रुपमा चलाएका विद्यालय खोज्ने क्रममा आज पहरीले ८ जना विभिन्न विद्यालयका प्रअ हरुलाइ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङजाको अनुसार ७ जना सामुदायिक विद्यालयका प्रअ र एक जना निजि विद्यालयका प्रअ पक्राउ परेका हुन । पक्राउ परेका प्रअ हरुलाइ जिल्ला प्रहरी कार्यालय स्याङजाले सम्झाइ बुझाइ एक पटक छुट दिएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । जिल्ला प्रहरी कार्यालयको अनुसार पक्राउ परेका शिक्षकलाइ पुन गल्ती गरेमा संक्रमण ऐन अनुसार मुद्धा चलाउने समेत प्रहरीको भनाइ छ । समाजमा जनचेतना फैलाउने शिक्षकले नै महामरीको अवश्था नबुझ्नु दुखद रहेको बताउदै बैकल्पिक विधि अपनाइ अध्यापन गराउदै आफुहरुलाय सहयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।