headline 1गण्डकीराजनीति

नेपाली काँग्रेस अधिवेशन : स्याङ्जाको ८ पालिकामा निर्वाचन

सुशील सुवेदी
स्याङ्जा , १० असोज
नेपाली काँग्रेसको १४ औँ अधिवेशन अन्तर्गत स्याङ्जाको पालिका अधिवेशनमा आन्तरिक धूर्वीकरणको कारण ८ पालिकामा निर्वाचन गरिएको छ । यस्तै वालिङ नगरपालिकामा आज निर्वाचन हुँदैछ । कालीगण्डकी गाउँपालिकामा सहमतिय प्रयास जारी रहेको छ भने चापाकोटमा सर्वसम्मत चयन गरिएको स्याङ्जाका जिल्ला निर्वाचन अधिकृत आरसी गौतमले बताए ।
स्याङ्जामा २ हजार २ सय २४ क्षेत्रिय प्रतिनिधि चुनिएका छन् । नेपाली काँग्रेसमा १४ औँ अधिवेशनबाट गएको नेतृत्वले नयाँ विचार सहितको परिवर्तन ल्याउने नेपाली काँग्रेस स्याङ्जाका पूर्व जिल्ला उपसभापति मुक्ति प्रशाद सुवेदीले बताए । उनले भने , ‘ प्रत्येक ५ वर्षमा आउने यो अधिवेशन नेपाली काँग्रेसको लागि एउटा पर्व हो । यो पर्वबाट चुनिएको नयाँ नेतृत्वले नयाँ विचार सहितको परिवर्तन ल्याउनेछ ।’
पाट्री भित्र पौडेल गुट र देउवा गुट स्पष्ट देखिएको कारण जिल्लाको अधिकाशं पालिकामा निर्वाचन भएको हो । यद्यपि यो निर्वाचन अन्तरपाट्री भित्र मैत्रीपूर्ण प्रतिस्पर्धा रहेको वालिङ नगरपालिकाका निवर्तामान नगर सभापति दिलीप प्रताप खाँडले बताए । उनले भने , ‘ गाउँदेखि केन्द्र सम्मको अधिवेशन एउटा प्रकृया हो । अन्तरपाट्री भित्र हुने यो मैत्रीपूर्ण प्रतिस्पर्धाले सवल नेतृत्व चयन गर्नेछ । ’
जिल्लाभित्र निर्वाचन भएको पालिकाहरु आँधीखोला— नरेन्द्रराज पौडेल ,अर्जुनचौपारी—विष्णु काफ्ले , फेदिखोला—महेन्द्र थापा , बिरुवा—डोलराज पोेखरेल , हरिनाश—टोपबहादुर भुजेल , भिरकोट—यामप्रसाद अधिकारी —लक्ष्मण र गल्याङमा श्याम बस्याल निर्वाचीत भएका छन् ।
संविधानको धारा २६९(४) (ख) अनुसार राजनैतिक दलको विधानमा कम्तिमा पाँच वर्षमा एकपटक सबै तहमा निर्वाचन गर्नुपर्ने उल्लेख गरिएको छ । पालिकाको अधिवेशन पछि आउने नेतृत्वले अब हुने स्थानीय तहको निर्वाचनलाई सफल बनाउन चुनौती थपिदिएको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.