स्याङ्जाको वालिङमा मिनि म्याराथुन
सुशील सुवेदी
स्याङ्जा , १८ भदौ
प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल संचालन हुँदै आएको स्याङ्जामा यस वर्ष पनि मिनि म्याराथुन प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ वालिङले आयोजना गर्ने उक्त प्रतियोगितामा देशभरका ३०० भन्दा बढि धावक सहभागी हुने पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।
१९.२ किलोमिटरको धावनमार्ग सिद्धार्थ राजमार्ग र भित्री सडक खण्डलाई प्रयोग गरिने लियो क्लब ३२५ एम नेपालका डिष्ट्रिक्ट सेक्रेटरी दिक्षान्त प्रताप खाँणले बताए । बिभागिय खेलाडीलाई प्रतियोगितामा भाग लिन निषेध गरिएको खाँणले बताए ।
युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश , वालिङ , भिरकोट , गल्याङ र चापाकोट नगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता यही असोज ८ गते संचालन हुनेछ । भिरकोट नगरपालिकाको गेटबाट सुरु हुने प्रतियोगिता वालिङ नगरपालिकाको गेटमा आएर सम्पन्न हुनेछ । अधिकाशं धावनमार्ग सिद्धार्थ राजमार्गलाई प्रयोग गरिनेछ भने केहि मार्ग बजार क्षेत्रको भित्री सडक खण्डलाई प्रयोग गरिनेछ ।
उक्त प्रतियोगितामा प्रथम , द्धितीय ,तृतीय र सान्तवना हुने खेलाडीले क्रमश तिस , बिस , दस र चार हजार प्राप्त गर्नेछन् । द्धितीय पुरस्कारको राशी गरिमा विकास बैंकले सौजन्य गरेको छ । प्रतियोगितामा दसौँ स्थान सम्म हाँसिल गर्ने खेलाडिले समेत नगद तथा प्रामण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
असोज ८ गते संचालन हुने प्रतियोगिताको लागि सुरक्षा , स्तरीय होटल तथा पुर्वाधारको तयारी तीव्र रुपमा भैरहेको आयोजकले पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।
जिल्लालाइ चिनाउन यस्ता कार्यक्रम प्रत्येक बर्ष विभिन्न संघ संस्थाले गर्ने गरेको पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले बताए । स्याङ्जाको प्रचार प्रसार गर्नको निम्ती प्याराग्लाइडिङ , राफ्टीङ , साइक्लीङ जस्ता सहासिक खेल बर्षेनि विभिन्न संघ संस्थाले गर्दै आएका छन् ।