सुदीप सुवेदी
स्याङ्जा , ०१ माघ
स्याङ्जाको वालिङ खेलमैदानमा जारी पहिलो गोल्डकप प्रतियोगिताको दोस्रो खेलमा एपिएफ क्लब काठमाण्डौ विजयी भएको छ ।
केबिए ग्लोबल बिएफसी चितवनलाई १ को विरुद्ध २ गोल गर्दै एपिएफ काठमाण्डौ बिजयी भएको हो । एपिएप क्लबका जर्सी नं ७ का मनिस खण्डाले १३ औँ मिनेटमा र जर्सी नं ८ का सविन गुरुङले ५८ औँ मिनेटमा एक एक गोल गरे । यस्तै केबिए ग्लोबल बिएफसी का जर्सीन नं ११ का रोशन क्षेत्रीले ७ मिनेट थप गरिएको अतिरिक्त समयको ९७ औँ मिनेटमा एक गोल गरे ।
यस्तै , हिजो भएको लिस्नु क्लव रुपन्देही र आयोजक वालिङ रातो विचको उद्धघाटन खेलमा ० का विरुद्ध १ गोल प्रहार गरेर वालिङरातो विजयी भयो ।
माघ ७ सम्म वालिङ खेलमैदानमा संचालन हुने प्रतियोगितामा एपिएफ , त्रिभुवन आर्मी सहित ए डिभिजनका क्लबहरु एक बिदेशी क्लव रमोफसलका गरी ८ टिम सहभागी छन् ।
यस प्रतियोगिताको प्रथम पुरस्कार राशी ५ लाख रहेको छ भने दृत्तिय स्थान हांसिल गर्ने क्लवले २ लाख पचास हजार नगद सहित ट्रफी प्राप्तगर्नेछन् ।
ठुलो नगद राशीमा आयोजना गरिएको यो खेल जिल्लामा नै पहिलो हो । भोलिको खेल वालिङ निलो र सहारा क्लव पोखरा बिच हुने छ ।