headline 2प्रबिधि

नगरवासीको गुनासो सुन्न सुनुवाई केन्द्र

सुशील सुवेदी
स्याङ्जा , फागुन ८

स्मार्ट सिटीको अवधारणामा अघि बढेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरवासीको गुनासो सुन्ने गुनासो सुनुवाई केन्द्र स्थापना गरेको छ । उक्त गुनासो सुनुवाई केन्द्रमा सेवाग्राहीले घरमै बसेर पैसा नलाग्ने नं वा अनलाईन मार्फत जिआरएम प्रणालीमा आफ्नो समस्या , गुनासो वा सुझाब राख्न सक्नेछन् । यो सेवा संचालनमा आएसँगै सानो योजना काम तथा सोधपुछ गर्न घण्टौ लगाएर पालिका आउनपर्ने बाध्यताको अन्त्य भएको छ ।

स्मार्ट नगर को अवधारणामा अघि बढेको वालिङ नगरपालिकाले वालिङलाई झन्झटिलो कागजी प्रकृया मुक्त बनाउन खोजेको नगरप्रमुख कृष्ण खाँणको भनाई छ । अब नगरवासीले घरबाटै पैसा नलाग्ने टोल फ्रि नं १६६००६३४२००४ वा गुनासो व्यवस्थापन प्रणाली जिआरएम मार्फत जनताले आफ्नो समस्या राख्न सक्नेछन् । यसरी आएको सबै गुनासो तथा सुझावलाई गुनासो व्यवस्थापन प्रणालीको सफ्टवेयरमा एकिकृत गरेर विषयगत शाखामा पठाइने सुचना प्रविधि शाखा प्रमुख ई प्रकाश अर्यालको भनाई छ ।

बढ्दो प्रविधिको विकासलाई प्रयोगमा ल्याउँदा सेवाग्रहीले घरबाटै सेवा पाएका छन् । सानो योजना माग गर्न तथा सोधपुछ गर्न पहाडी भूगोलको टाढा पाखाबाट पालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
पछिल्लो समय यही प्रणाली मार्फत आएको योजनाको काम जनताको समस्या तथा गुनासोलाई सम्बोधन गर्न थालिएको नगरउपप्रमुख कविता गैह्रेले बताउनुभायो ।

स्मार्ट नगर उन्मुख वालिङ नगरपालिकाले पेपरलेश नगर बनाउन जोड दिएको त छ तर सेवाग्राहीलाई बेलाबेलामा नयाँ प्रविधिको तालिम संचालन गर्नुपर्ने जोड्नुपर्ने नगरवासी बताउँछन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.