headline 1गण्डकीदेश

धार्मिक गन्तव्य गह्रौँसुरमा पूर्वाधार विकासले पायो तीव्रता

धार्मिक गन्तव्य गह्रौँसुरमा पूर्वाधार विकासले पायो तीव्रता
सुशील सुबेदी
स्याङ्जा , चैत्र १९

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्याङ्जाको गह्रौँसुर मन्दिरमा पूर्वाधार विकासले तीव्रता पाएको छ । झण्डै १६ कारोडको लागतमा सडक निर्माण र परिसर सौन्दर्यको काम भैरहेको कारण यो क्षेत्र धार्मिक पर्यटनको गतिलो गन्तब्य बन्ने भएको हो । प्रत्येक वर्षको वडा दसैँ र चैते दसैँमा ५० हजार दर्शनार्थीले दर्शन गर्ने यस मन्दिरमा धार्मीक आस्था सहित सौन्दर्यताको आनन्द लिने गरी निर्माण कार्य भैरहेको गह्रौँसुर धार्मिक तथा पर्यटकिय समितिका अध्यक्ष सुरज प्रताप खाँणले जनकारी दिए ।

स्याङ्जा जिल्ला कोटैकोटको राजधानीहो भन्दा फरक पर्दैन । यहाँको एक दर्जन भन्दा बढि कोटमा देबीको पूजा आरधना गर्ने गरीन्छ । यी कोटमध्ये गह्रौकोटमा भुरे , टाकुरे राजाले राज गरेको इतिहास ५५० वर्ष पुरानो छ ।
बडा दशैँ र चैते दशैँमा भिडभाड हुने गह्रौसुर मन्दिरलाई पूर्वाधार तथा सौन्दर्यले सिँगार्न १६ करोँडौको लगातमा संरचनाहरु निर्माण भैरहेको छ ।
मन्दिर परीसरसम्म यातायातको पहुँच पुर्याउन काफलडाँडा देखि कालोपत्रेको काम धमाधम भैरहेको ई. सुरेन्द« गौतमको भनाई छ ।
हेलीप्याड सहितको संरचना , पार्क , पुरानो गढीको संरक्षण तथा भक्तजनलाई बिशीष्ठ आवास कक्ष समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

झण्डै ६ कारोडको लागतमा प्राकृतिक स्वरुपलाई संरक्षण गर्दै सौन्दर्यको काम समेत तिव्र गतिमा भएको छ । सिमेन्टको कम प्रयोग गर्दै परीसरमा प्राकृतिक स्वरुप निर्माणलाई प्राथमिकतामा राखिएको संघीय आयोजना कार्योन्वयन इकाइ कास्कीका ई. राम कृष्ण गिरीको भनाई छ ।
प्रत्येक वर्ष ५० हजार बढी दर्शनार्थीले दर्शन गर्ने यस मन्दिरमा भक्तजनले पुजा आराधाना गरे मनले चिताएको पूरा हूने विश्वास धार्मावलम्बीको छ । यि संरचनाको निर्माण सम्पन्न हुँदा धार्मिंक तथा पर्यटकीय मात्र होइन बाइसे चौबिसे राज्य अन्तर्गत गह्रौँ राज्यको ऐतिहासिक अस्तित्व समेत संरक्षण हुने देखिन्छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.